वराहक्षेत्र/ पन्ध्र वर्षसम्म लागूऔषध दुव्र्यसनमा फँसेका एक युवक अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनको यो कार्य धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।
वराहक्षेत्र–६ मा पर्ने चक्रघट्टीका ३८ वर्षीय अमृत पुलामी मगर अहिले रक्षा फाउन्डेसनमार्पmत् लागूऔषधविरुद्धको अभियानमा छन् । उनले सुधार केन्द्र खोलेर लागूऔषध प्रयोगकर्तालाई सुबाटोमा ल्याउने काम गर्दैछन् । उनको सुधार केन्द्र रामधुनीस्थित झुम्कामा छ ।
लागूऔषध प्रयोगमा लागेका मानिसलाई पुरानै अवस्थामा फर्काएर सामाजिकरूपमा सगौरव जीवन निर्वाह गर्न सक्ने बनाउन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । १५ जना क्षमताको सुधार केन्द्र उनले तीन वर्षअघि शुरु गरेका हुन् ।
२०३९ सालमा जन्मिएका मगर १५–१६ वर्षको उमेरदेखि आफू कुलतमा फँसेको बताउछन् । स्कूल पढ्दा चुरोटबाट शुरु भएको कुलत सुई हुँदै ब्राउन सुगरसम्म पुग्यो ।
यस्तो अँध्यारो संसारमा आफूले १५ वर्ष बिताएको उनी सुनाउँछन् । आफ्नो कारणले परिवारलाई अनेक दुःख–कष्ट दिएको मगर बताउँछन् ।
लाहुरेका छोरा उनी साथीहरूको सङ्गतले आफू कुलतमा फँसेको बताउँछन् । लागूऔषधका लागि चोरीसमेत गरेको उनले बताए । उनी लागूऔषधबाट मुक्त भएको ११ वर्ष भयो । परिवारले सुधार केन्द्रमा पु-याएको करीब डेढ वर्षसम्म उनी त्यहाँ बसे । थप दुई वर्ष त्यहाँ स्वयंसेवकका रूपमा काम गरेपछि आपूm कुलतबाट मुक्त भएको उनी बताउछन् ।
दुव्र्यसनमा लागेका युवालाई सही मार्गमा ल्याउन बाँकी जीवन सक्रिय हुने मगर बताउँछन् । सुधार केन्द्रबाट समाजसेवा गर्ने उनको योजना छ । लागूऔषध प्रयोग पनि रोग नै भएकाले यसको उपचार सुधार केन्द्रबाट मात्र सम्भव हुने उनको भनाइ छ ।
लागूऔषधबाट मुक्त व्यक्तिलाई सामाजिक सहयोग र परिवारको उत्प्रेरणा अति आवश्यक पर्ने उनले बताए । लागूऔषधबाट मुक्त भएको केही वर्ष सामाजिक बन्न नसकिएको बताउँदै उनले अहिले भने समाज र परिवारबाट साथ–सहयोग पाएको उनले सुनाए । सुधार केन्द्र सञ्चालन गर्ने कुरा गर्दा परिवारले नपत्याएको स्मरण गर्दै उनले अहिले भने साथ–सहयोग पाएको बताए ।