इपिल्यान्ड वाटर पार्क विवादमा : मेयरको शुभकामना, उपमेयरको विरोध

  • फागुन २०, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गत सोमबार उद्घाटन गरेको इटहरीको इपिल्यान्ड वाटर पार्क विवादमा तानिएको छ ।
परिचित व्यवसायी भीम पौडलसहित अवकास प्राप्त एआईजी कृष्ण बस्नेत तथा उनका नातेदार कृष्ण बस्नेत र पूर्व डीआईजी ज्ञानविक्रम साहको संयुक्त लगानीमा पार्क सञ्चालन भएको हो । सो पार्क सरकारी जग्गामा बनेको र नक्सा पाससमेत नगरी निर्माण भएको आरोप लागेपछि विवादमा तानिएको हो । पार्क नेपालकै पहिलो नमुना वाटर पार्क भएको सञ्चालकहरूको दावी छ ।

मन्त्री ढकालले उद्घाटन गरेर पार्क सञ्चालन भइसकेपछि इटहरीकी उपमेयरले सो पार्क अवैध र गैरकानुनी तवरले निर्माण भएको बताएकी छन् । उनले सो क्षेत्रमा पुललाई अर्कै दिशामा मोडेर पार्क बनाइएको र उपमहानगरले निर्माण कार्य रोक्का गर्न पत्र पठाउँदा पनि बेवास्ता गर्दै जबरजस्ती बनाइएको आरोप लगाएकी छन् ।
अमिन लगाएर जग्गाको नापजाँच गर्दा सरकारी जग्गा पनि भेटिएको बताउँदै उनले भनिन्, ‘तर यति उति भन्ने मलाई थाहा छैन ।’

उपमेयर गौतमले मङ्गलबार साँझ सामाजिक सञ्जालमा स्टाटस राख्दै पार्क गैरकानुनी रहेको र स्थानीय सरकारको अनुमतिविना नै बनेको दावी गरेकी छन् । उनले अरूले साथ नदिए पार्कविरूद्ध आफू एक्लै भए पनि अन्तिमसम्म लड्ने चेतावनीसमेत दिएकी छन् ।

पार्क उद्घाटन समारोहमा मेयर द्वारिकलाल चौधरी सञ्चालकहरूलाई शुभकामना दिएर फर्केको २४ घण्टापछि उपमेयर गौतमको यस्तो धारणा आउँदा उपमहानगरमा एक प्रकारको तरङ्ग उत्पन्न भएको छ । उनले सामाजिक सञ्जालमा राखेको स्टाटसमा प्रतिक्रिया जनाउँदै अधिकांशले स्थानीय जनप्रतिनिधिका काम, कारवाही र विश्वसनीयतामाथि नै प्रश्नउठाएका छन् ।

धेरैजसोले ‘निर्माण भइरहँदा स्थानीय सरकार के हेरेर बसेको थियो ?’, ‘सञ्चालन भइसकेपछि किन रोइलो ?’ भन्ने प्रश्न तेस्र्याएका छन् । उपमेयर गौतमले भने निर्माण भइरहँदा पनि उपमहानगरले तत्काल रोक्न पत्राचार गरेको तर व्यवसायी पौडेलले अटेर गर्दै आफूखुसी निर्माण गरेको दावी गरेकी छन् । यता इपिल्यान्ड वाटर पार्कका अध्यक्ष पौडेलले भने उपमेयर पहिलेदेखि नै आफूविरूद्ध लागेको आरोप लगाए । उनले पार्क कानुनसम्मत रहेको दावी गरे ।

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved