समाचार

    Showing 7,851-7,860 of 10,045 items.
  • संस्थाको स्थापना दिवसमा खाद्यान्न वितरण

    इटहरी/ स्वतन्त्र पत्रकार सङ्घ सुनसरीले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर सोमबार इटहरीमा प्रभात फेरी गर्दै अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । राजनीतिक आस्था बोके पनि कुनै राजनीतिक सङ्गठनमा आवद्ध नभई स्वतन्त्र रूपमा पत्रकारिता गर्ने सुनसरीका पत्रकारहरू प्रभात फेरीमा सहभागी थिए । प्रभात फेरीपछि उनीहरूले इटहरीकै गीतादेवी अनाथ आश्रममा खाद्यान्न वितरण गरेका थिए । कोभिड–१९ को महामारी पूर्णरूपमा अन्त्य नभइसकेको अवस्थामा पत्रकारहरूको टोलीले मास्क नलगाई हिँड्ने पैदल यात्री तथा सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतनासमेत जगाएको थियो । सङ्घका सुनसरी अध्यक्ष खगेन्

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कानुन बलियो बने पनि कार्यान्यवन फितलो’

    धरान/ महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्यवन अझैं फितलो रहेको गुनासो महिलाहरूले गरेका छन् । अखिल नेपाल महिला सङ्घको स्थापना दिवस तथा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सङ्घको धरान नगर कमिटीले ‘समसामयिक राजनीतिक अवस्था र महिला अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीकी उपाध्यक्ष सबिता राईले सशक्त आन्दोलनले महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले शासन, आसन र रासनमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने बताइन् । अध्यक्ष लहरू जिमीको अध्यक

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा हटाएर विराटनगरमा पार्टीको कार्यालयमा एमालेको बोर्ड टांगियो

    विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको छ । एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताए । भने,“सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नु पर्छ ।” एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,334 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाउँबाट उपमहानगर बन्यो तर पनि पानबारीमा खानेपानीको अभाव उस्तै

    धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले । साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छ

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,250 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सर्वोच्चद्वारा ओली–प्रचण्डको नेकपा बदर

    सुनसरी– सर्वोच्च अदालतद्वारा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अधिकारिकता बदर गरेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा बदर भएको हो ।नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिट झण्डै २ वर्षदेखि विचाराधीन रहेको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए । तर, निर्वाचन आयो

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,066 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा १२ वटा खोप केन्द्र

    इटहरी/ इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरूमार्पmत् फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ । वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । यस्तै वडा नम्बर २, ३ र ४ को कार्यालय तथा वडा नम्बर ५ को परिवार नियोजन सङ्घमा फागुन २३ र २४ गते खोप लगाउने कार्यतालिका छ । यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । वडा नम्बर १० को मनमोहन प्राविमा २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्बर १४ देखि १६ का लागि एकम्बा स्वास्थ्य चौकीम

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुमारी जव र केसीएमआईटी कलेजबीच सम्झौता

    सुनसरी/  मानव संशाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गरिरहेको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक र जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने कुमारी जबका प्रबन्ध निर

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,292 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटचौकमा भ्यान र मोटरसाइकल जुद्धा दुई जनाको मृत्यु

    विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो । काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिनी ब्राजिल’ को साख गिर्दै : खेल मैदानहरू मासिए, जोगिएका मैदानको अवस्था कमजोर

    धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो । फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् । भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 999 पटक पढिएको
    • "कोशीपदिनेश गजमेर"
  • अदुवा किसानको पीडा: लगानीभन्दा कम मूल्यमा बिक्री

    इलाम/  गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिका–३ का किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन (४० किलो) मात्र खेती गरेका थिए । तर त्यस वर्ष अदुवा प्रतिमन छ हजार रूपैयाँमा बिक्री भएपछि यस वर्ष उनले १५ मन अदुवा रोपे । गत वर्षजस्तै सोचेर खेती विस्तार गरेका खनाल यस वर्ष निराश बनेका छन । यस वर्ष अदुवाको भाउ ह्वात्तै घट्दा लागत मूल्यसमेत नउठेको उनी बताउँछन् । सोही स्थानकी चन्द्रकला गिरीलाई पनि गत वर्षको अदुवाको मूल्यले आकर्षित ग¥यो । उनले धानखेती हुने ठाउँमा अदुवा रोपिन् । मेहनतअनुसार अदुवा पनि राम्रै भयो तर मूल्य भने पाउन सकिनन् ।

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 764 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved