इटहरीमा १२ वटा खोप केन्द्र

  • फागुन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरूमार्पmत् फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ ।
वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ ।

यस्तै वडा नम्बर २, ३ र ४ को कार्यालय तथा वडा नम्बर ५ को परिवार नियोजन सङ्घमा फागुन २३ र २४ गते खोप लगाउने कार्यतालिका छ । यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ ।

वडा नम्बर १० को मनमोहन प्राविमा २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्बर १४ देखि १६ का लागि एकम्बा स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म, वडा नम्बर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा २३ र २७ गते, वडा नम्बर १९ को पञ्चायत रजत निमाविमा २४ गते र वडा नम्बर २० को महिला असहाय भवन तरहरामा २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

तेस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक–कर्मचारी, निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सार्वजनिक स्वास्थ्य संस्थाका चालक, सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइनेछ । खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता र सरोकारवालाबीच छलफल गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved