सुनसरी/ मानव संशाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गरिरहेको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) बीच सम्झौता भएको छ ।
विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक र जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले बताए ।
यस्तै, सम्झौतालाई कलेजले महŒवका साथ लिएको जनाउँदै कलेजका प्रिन्सिपल चन्दले यसलाई सफल बनाउन कलेज प्रतिबद्ध रहेको बताइन् । बीबीए र बीआईएममा अध्ययनरत विद्यार्थीहरूले सहकार्यबाट उपयुक्त तालिमसहित सिकाइ क्षमतालाई अझ बढाउन सक्ने र रोजगारको अवसर समेत पाउने विश्वास गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केसीएमआईटी नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यका साथ स्थापित भएको प्रिन्सिपल चन्दले जनाइन् । कलेजले करीब दुई दशकदेखि विद्यार्थीहरूलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । कलेजमा बीबीए, बीआईएम र बीसीए गरी स्नातक तहका तीनवटा कार्यक्रम सञ्चालित छन् ।