सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् । केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत
धरान । कोरोनाबाट संक्रमित बनेका धरानका सुकुम्बासी परिवारलाई नेपाल बसोबास बस्ती संरक्षण समाजले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले धरान भित्रका सबै सुकुम्बासी परिवारलाई कोरोना संक्रमण पुष्टि भई तथा स्वास्थ्यमा समस्या आए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पुर्याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारमा कसैलाई संक्रमण पुष्टि भइ अस्पताल पुर्याउनु परे समाजले एम्बुलेन्स भाडा तिरिदिने भएको छ । उनले भने, ‘अहिले धरान भित्रका सुकुम्बासी परिवारलाई धरानकै अस्पतालहरुमा पुर्य
सुनसरी । खेल पर्यटनको विकाशमा सरकारले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको माउन्टेन स्पोर्टस फेडेरेसनले बताएको छ । गत शनिबार नेपाल सरकारले बजेट वक्तव्य मार्फत फेडेरेसनको एक दशकको लबिङ तथा नेपाल खेलकुद महासंघको नितिगत समर्थनले खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा स्वागत योग्य रहेको बताएको छ । फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं, खासगरी खेलकुद क्षेत्रमा, बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनिउ त्साह
इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण ठाउ साघुरिएको र अन्य बिविध कारण बनाइ निष्कर्ष सहित सुनसरीको इटहरी आपगाछिस्थित यातायात ब्यवस्था कार्यालय सवारी लाइसेन्सको कार्यालय अन्यत्रै फराकिलो ठाउमा सारिने भएको छ । उक्त कार्यालयले हालै सुचना जारी गर्दै आगामि १५ दिन भित्र घर खालि गरी अन्यत्रै सारिने जानकारी गराएको हो । कार्यालयले घर भाडामा लिने सम्बन्धि सुचना जारी गरेर फराकिलो ठाउ खोजि गरेपछि हाल रहदै आएको घरका मालिक दिनेश भट्टराइले बिवाद झिक्ने प्रयत्न गरेका छन । यस अघि उनैले आफ्नो जग्गाबाट भौतिक संरचना हटाइ घर खालि गराइदिन यातायात कार्यालयलाय निवेदन दिएका थिए । यातायात कार्यालय अन्यत्रै सारिने भ
धरान । लकडाउनकै समयमा पनि धरान स्थित कृषि बजारबाट बिहान ४ बजे देखि ६ बजे सम्म कृषिजन्य उत्पादनहरु बिक्रि वितरण हुने गरेको छ । बजार खुले पनि खुद्रा व्यापारीहरुले सास्ती भोग्नुपरेको गुनासो गरिरहेका छन् । उनीहरुले घरघरमै पुगेर कृषिजन्य उत्पादनहरु बिक्रि गर्ने समय थप गर्नुपर्ने बताएका छन् । बिहानै ३ बजे खुद्रा व्यापारीहरु डोको, साइकल वा टेम्पो लिएर पुग्ने गरेका छन् । तर प्रहरीले खाली डोको, साइकल तथा टेम्पोलाई रोक्ने गरेको छ । ‘बजार पुगेकै हुँदैन्, कसरी भरेको देखाउनु’ एक खुद्रा व्यापारीले दुखेसो पोखे । अनावश्यक हिड्डुल नगर्न प्रशासनले उर्दी जारी गरे पछि खुद्रा व्यापारीले प्रहरीबाट सास्
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुगेर उनहिरुको सवास्थ्य अवस्था बारे बुझेका छन । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुगेका हुन । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिदै उपमहानगर जनताको साथमा रहेका बताए । नगर प्रमुख चौधरी संगै पुगेका स्वास्थ्यकर्मीहरुको टोलिले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेम
पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भए
विराटनगर । प्रहरीले औषधि कालोबजारी गर्ने व्यक्तिलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.–१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने वर्ष ३५ को रवि कुमार रजक पक्राउ परेका हुन । उनले आफ्नै घरको कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरेको पाइएको प्रहरीको भनाई छ । झुक्याई बिक्री बितरण गर्नुका साथै औषधी अवैध जम्माखोरी गरी कालो बजारी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा
धरान । पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अवश्थामा धरान उपमहानगरपालिकाले आफै खोप खरिद गर्ने भएको छ । संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाका नागरिकलाई खोप लगायन आफै खदिर गर्न लागेको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग गर्दै पत्र पठाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सहित प्रदेश १ का मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागर
विराटनगर । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण को दोस्रो लहरको अधिक असर पर्न शुरु भएपछि पहिलो पटक बैसाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।