साहसिक खेल पर्यटनको बजेटले खेलकुद क्षेत्र उत्साहित

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । खेल पर्यटनको विकाशमा सरकारले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको माउन्टेन स्पोर्टस फेडेरेसनले बताएको छ ।

गत शनिबार नेपाल सरकारले बजेट वक्तव्य मार्फत फेडेरेसनको एक दशकको लबिङ तथा नेपाल खेलकुद महासंघको नितिगत समर्थनले खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा स्वागत योग्य रहेको बताएको छ ।

फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं, खासगरी खेलकुद क्षेत्रमा, बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनिउ त्साहित बनाएको हो ।’

पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणाले खेलकुद विकाशमा थप आशा जगाएको बताएको छ ।

हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण, काठमाडौँ र फेवाताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता गर्व गर्न लायक रहेको विज्ञप्तीमा उल्लेख गरेको छ । बजेटको सफल कार्यान्वयनमा भने चनाखो हुनैपर्ने औल्याएको छ ।

साहसिक पर्यटनको लागि राष्ट्रिय, अन्तराष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यान्वयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने फेडेरेसनको लामो अभियान सफल भएको मानिने बताएको छ ।

पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गरिए पनि कार्यान्वयनमा भने परम्परागत कर्मचारीतन्त्रका कारणले शंका गर्नु पर्ने अवश्था रहेको जनाएको छ । बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ्ग, ¥यापिÞm्टङ्ग, प्याराग्लाइडिङ्ग लगायतका साहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु महासंघको लागि उपलब्धीमुलक रहेको विज्ञप्तीमा जनाएको छ ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved