विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिष्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्दत देखिएको बताएका छन् । भ्रष्टाचारमार्फत देशको दोहन गर्ने अनि दमन र शोषणको नयाँ ढंगले गर्दै सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मंचले आज आयोजना गरेको संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलमा बोल्दै भने,“परम्परागत परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिष्ट पार्टीको सरकार अहिले त्यही दिशम
धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे
कोलोराडो । नेपालमा कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम संकलन गर्न कोलोराडो पुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले ४ लाख २१ हजार ३ सय ९८ रुपैया सहयोग संकलन गर्न सफल भएका छन् । ‘मिट एण्ड ग्रेट फन्डराइजिङ डिनर विथ डा. पुन’ नामक कार्यक्रम गत विहिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित एनआरएनए कोलोराडो चाप्टरबाट ४२ हजार २ सय ६०, सिस्टर ग्रुप कोलोराडोबाट ४३ हनार ६ सय ४४, हिमालयन लायन्स क्लवबाट ४१ हजार १ सय ८७, सुमन हुमागाई (दरबार नेप्लिज एण्ड इण्डियन बीस्ट्रो)बाट ४१ हजार, ‘वानको’मा कार्यरत एक समूह बाट ४५ हजार
सुनसरी । चलचित्र पर्यटन क्षेत्रको बिकास गर्दै प्रदेशलाईनै चलचित्रमय बनाउन सुझाव सहित नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले प्रदेश सरकारलाई वार्षिक योजना सहितको प्रस्तावना बुझाएको छ । नौं बुँदे कार्ययोजना सहित प्रदेश नम्बर १ लाई चलचित्र नगरी बनाउन सुझाव समेत दिएको छ । महासंघले बुझाएको योजना अनुसार छायाँकन स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरेको छ । त्यसै गरि राष्ट्रिय स्तरको कार्यशाला तथा तालिम, प्रदेशमा चलचित्र महोत्सव तथा विविध कार्यक्रम, संस्थागत रुपमा चलचित्र सम्बन्धी बिभिन्न गतिविधी तथा आदिवासी जनजाती चलचित्र महोत्सव गर्न सुझाव दिएको छ । त्यसै गरि चलचित्र प्रोत्साह
धरान/ कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् । निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द हुदा झ
झापा । झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
बराहक्षेत्र । अघिल्लो वर्षको कोरोना महामारीले मन्दिर परिषरमा फुलपातीको व्यापार गर्ने व्यापारीहरु लाई वर्ष भरीनै बेरोजगार बनायो । लकडाउन केही सहज हुँदै गर्दा मन्दिर आउने भक्तजनले उनिहरुको व्यापार तङरिन खोज्दै थियो । पुनः दोस्रो चरणको कोरोनाको महामारिले फेरि बेरोजगार मात्रै बनाएन उनिहरुलाइ आर्थिक भार समेत थपिदिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निषेधाज्ञा घोषणा गरे पछि मन्दिरमा चहल शुन्य छ । पर्यटन व्यवसायलाई समेत दुर्गामी असर पारेको छ । वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति, मिठाइँ व्ययसाय गर्दै आइरहेकी आशा कार्की व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती म
धरान/ कोरोना भाइरसको संक्रमण न्युनकरण गर्न सुनसरी जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा थप एक साता लम्बयाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार बसेको डिसिसिएमसिकको बैठकले निषेधाज्ञाको अवधि बढाएर जेष्ठ ३१ गते सम्म पु¥याएको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिवार राती १२ बजे सकिदैछ । बैठकले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिन
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि