मोटरसाइकल चोरीको आरोपमा सात जना पक्राउ

  • जेठ २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन ।

प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल चोरी भएको हो । यसमा संलग्नलाई पक्राउ गरिएको हो ।”

प्रहरीका अनुसार प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल चोरी भएको थियो । चोरी भएको मोटसाइकल इटहरी उपमहानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति बरामद भएको प्रहरीको भनाइ छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved