कोलोराडोमा डा. पुनले ४ लाख बढी रकम सहयोग संकलन गरे

  • जेठ २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

कोलोराडो । नेपालमा कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम संकलन गर्न कोलोराडो पुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले ४ लाख २१ हजार ३ सय ९८ रुपैया सहयोग संकलन गर्न सफल भएका छन् ।

‘मिट एण्ड ग्रेट फन्डराइजिङ डिनर विथ डा. पुन’ नामक कार्यक्रम गत विहिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित एनआरएनए कोलोराडो चाप्टरबाट ४२ हजार २ सय ६०, सिस्टर ग्रुप कोलोराडोबाट ४३ हनार ६ सय ४४, हिमालयन लायन्स क्लवबाट ४१ हजार १ सय ८७, सुमन हुमागाई (दरबार नेप्लिज एण्ड इण्डियन बीस्ट्रो)बाट ४१ हजार, ‘वानको’मा कार्यरत एक समूह बाट ४५ हजार, नेपाल इभेन्ट कोलोराडोबाट ४१ हजार तथा सहभागीहरुबाट व्यक्तिगत रुपमा उठेको समेत गरि ४ लाख २१ हजार ३ सय ९८ रुपैया अर्थात २१ हजार ३ सय १८ डलर रकम संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रका अध्यक्ष डा. पुनले नेपालका दुर्गम भेगदेखिको आविष्कार केन्द्र स्थापना सम्मको यात्रा र अब हुदै गरेको खोज र निकट भविष्यमा केन्द्रले गर्न लागेको परियोजनाका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । सहभागी अटोक्र्याट इन्जिनीयरिङका विद्यार्थी भरत श्रेष्ठले तयार गरेको घामे लौरोको नमूना चित्र डा. पुनलाई हस्तान्तरण गरेका थिए ।

ब्रुमफिल्ड स्थित दरवार नेपलिज रेष्टुरेन्टमा भएको रात्री भोज सहितको रकम संकलन कार्यक्रमलाई कोलोराडो युथ सोसाइटीले आयोजना गरेको हो । कार्यक्रम विप्लव गौली, संगिता लामा र दिनेशराज पन्तले संचालन गरेका थिए । कार्यक्रममा आरएमएफएनका अध्यक्ष टिका पौडेल तथा एनआरएनए एनसिसि कोलोराडो च्याप्टरका नव निर्वाचित अध्यक्ष रामचन्द्र पन्तले सहभागीलाई धन्यवाद दिएका थिए ।

अमेरिकामा पढेर स्वदेशलाई नै कर्मभूमि बनाएर खोज, अनुसन्धान र आविष्कारमा खटिरहेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनलाई सुन्न अमेरिकी, नेपाली युवा, वृद्ध, गरी १ सय ६८ जनाको उपस्थिति रहेको थियो ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved