बराहक्षेत्र । अघिल्लो वर्षको कोरोना महामारीले मन्दिर परिषरमा फुलपातीको व्यापार गर्ने व्यापारीहरु लाई वर्ष भरीनै बेरोजगार बनायो । लकडाउन केही सहज हुँदै गर्दा मन्दिर आउने भक्तजनले उनिहरुको व्यापार तङरिन खोज्दै थियो । पुनः दोस्रो चरणको कोरोनाको महामारिले फेरि बेरोजगार मात्रै बनाएन उनिहरुलाइ आर्थिक भार समेत थपिदिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निषेधाज्ञा घोषणा गरे पछि मन्दिरमा चहल शुन्य छ । पर्यटन व्यवसायलाई समेत दुर्गामी असर पारेको छ ।
वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति, मिठाइँ व्ययसाय गर्दै आइरहेकी आशा कार्की व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती महिना देखि नै प्राय ढ्प्प रहेको बताउछिन । दैनिक जसो भक्तजनको चहल पहल हुने वराहक्षेत्रमा लकडाउन घोषणा भए पछि उनी अहिले वेरोजगार बनेकी छिन् ।
वराहक्षेत्रमा पिठाइ पसल गरेर जिबिकोपार्जन गर्ने आशा कार्की जस्तै करिव ३० जना भन्दा बढि साना व्यसायीहरु पुर्ण रुपमा प्रभावमा परेका छन् । उनिहरुले बिक्रिका लागि भण्डार गरेका साम्रागीहरु समेत नष्ट हुन थालेका छन् ।
वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार वराहक्षेत्र मन्दिरमा मेला पर्वमा बाहेक पर्यटक तथा भक्तजनको चाप हुने महिना भनेको चैत , वैशाख हो । प्राय बिद्यालय बिदा र भक्तजनहरु तिर्थघाट गर्न आउने महिना चैत , वैशाख नै हुने भएकाले यो महिनामा करिव दैनिकमा ८ देखि १० हजार सम्म पर्यटक आउने गर्दथे ।
पर्यटकहरुलाइ फुलपाति , पुजाको साम्रागी तथा मिठाई बिक्रि गरेर जिबिकोपार्जन गर्ने साना व्यसायीहरु समस्यामा परेका छन् । चैत , वैसाखको दुई महिनाको व्यपारले साउन महिना सम्म घर व्यवहार चल्थियो , साउन महिनाको बोलबममा भएको व्यापारले कात्तिक सम्म चल्थियो भने कात्तिकमा हुने कात्तिके मेलाको व्यापारले माघ सम्म धान्थियो । तर कोरोना भाइरसका कारण मन्दिरमा चहलपल नहुदा व्यसायीहरु चपेटामा परेका छन् । भने घर व्यवयार चलाउनै समस्या उत्पन हुन थालेको छ ।
वराहक्षेत्र मन्दिर क्षेत्रमा साना फुलपाति व्यसायीहरुले मासिक न्युनतम ६ हजार भन्दा बढि आम्दानि गर्थे भन्ने ठुला व्यसायिहरुलेको मासिक १० हजार भन्दा बढि आम्दानी गर्दै आइरहेका थिए ।
तर बन्दाबन्दिले व्यापार ढप्प हुदा खरिद गरेर ल्याएका सामाग्रीहरु बिग्रिएर नष्ट भएका उनिहरुको दुखेसो छ भने सहकारीवाट ऋण लिएर गरेरको व्यसायमा व्यपार नहुदा समस्या उत्पन भएको दुर्गा परियार वताउछिन् । फुलपति बिक्रिकै कमाइले जीवन यापन गर्ने परिवारलाइ समस्या उत्पन भएकाले आर्थिक स्रोत हेरेर राहतको व्यस्थापन स्थानिय सरकारले गर्नु पर्ने उनिहरुको माग छ।
कोभिडका कारण वराहक्षेत्र मन्दिर परिषदमा बस्ने माग्ने र जोगिहरुलाई खाद्यान्नको जोह गर्न पनि सकस परेको छ । तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिकोपार्जन गर्ने उनिहरुले जोह गरेको खाद्यन्न समेत सकिन थाले पछि उनिहरुलाई समस्या पर्ने थालेको मन्दिर संरक्षण समिइतिले जनाएको छ । वराहक्षेत्र मन्दिरमा माग्ने, जोगि र संन्यासी गरेर करिब २० जना रहेको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ ।