समाचार

    Showing 7,471-7,480 of 8,672 items.
  • मेचि राजमार्ग अवरुद्ध

    इलाम / इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको छ । गए राति परेको अविरल वर्षाको कारण राजमार्ग अन्र्तगत किटेनि देखि झापा इलाम सिमाना जोरकलस सम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्घ बनेको हो । सडक अवरुद्घ बनेसँगै झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म कुद्ने सवारी विचबाटोमै रोकिएका छन । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका छन । पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले बताए । उनले

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,878 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • विपी प्रतिष्ठानमा थप १ कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सिरहा मिर्चैया ६ का ६५ वर्षीय पुरुषको सोमबार राति  साढे ९ बजे मृत्यु भएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजबाट भदौं १० गते धरान रिफर गरिएको उनको ९ गते रिपोर्ट पोजेटिभ आएको थियो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाको अनुसार मृतकमा उच्च रक्तचाप र मुधमेहको समस्या रहेको थियो । उनका उनुसार स्वासप्रस्वास समस्या देखिएपछि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । संक्रमितको शव नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरेहेको प्रवक्ता सापकोटाले जनाए ।  

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशका मन्त्रीलाई नै कोरोना संक्रमण

     सुनसरि । समुदायमा फैलिएको कोरोना संक्रमणको अनुगमनमा पुगेका प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकाश मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको हो । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाइ झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साझदेखि घिमिरे निवासमै रहेका छन । मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन ।

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन समुहको सखुवा काट्न निर्देशन दिएको आरोपमा धरानका मेयरलाइ कार्बाही माग गर्दै निबेदन

    धरान । सामुदायिक बनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई लाई धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । काँचो सखुवाको रूख काटेको व्यक्ति उपर कारवाहीको माग सहित उपभोत्ता समुहले इलाका वन सब डिभिजन कार्यालयमा निवेदन दिएको छ । भालढुंगा सामुदायिक वन द्वारा संरक्षित वन क्षेत्रमा विना सूचना ढुंगे पानी भन्ने ठाँउमा अन्दाजी २ सय ५० किवी आउने सालको रूख काट्न मेयरले निर्देशन दिएको आरोप लगाउदै उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । इलाका बन डिभिजन कार्यलय धरानमा बुझाएको माग पत्रमा मेयर राईको निर्देशन र प्रत्यक्ष उपस्थितीम

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 3,529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ८८जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १५ सोमबार १६:२२:०० प्रकाशित  /  आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६०  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २२८ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१ हजार ४१०  जना रहेका छन् ।  सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७  र भक्तपुरमा ४१

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज

    विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहयोगी भित्ताका सहयोगी मन, कोरोना प्रभाबितलाइ सहयोग गर्दै

     इटहरी । कोरोना संक्रमणको जोखिम पुरै शहर बजार बन्द छ । आम नागरिकहरु मा अभाव बढदै गएको छ । यस्तो अवस्थामा सहयोगी भित्ता अभाबमा रहेका नागरिकलाइ सहयोग प्रदान गर्न तल्लिन रहेको छ । मुख्य राजमार्ग संगै जोडीएको इटहरी स्थित रेयुकाइ चौतारी भित्र एउटा सानो छाप्रोमा रहेको छ, सहयोगी भित्ता । झट्ट हेर्दा सामान्य र सानो कटेज जस्तो देखिएपनि यो मनकारी हृदय भएका ब्याक्तिहरूले निस्वार्थ रूपमा सेवा गर्नका लागि स्थापना गरिएको एक संस्था हो । २०७६ साल साउन १४ गते स्थापना भएको यो संस्थाले जनताको सेवाका लागि भनेर समर्पित संस्था मानिदै आएको सहयोगि भित्ता स्थापनाको छोटो समयमै चर्चित रहेको छ । `हुनेले दिएर जाउ,

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 983 पटक पढिएको
    • " तेजबहादुर बन"
  • पिसिआर रिपोर्ट पर्खिनु पर्दैन, सुरक्षा अपनाएर काम गरे कोरोना सर्दैन

    धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए । कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा भदौ १८ गते देखि व्यापार व्यवसाय खोल्ने तयारी

    इटहरी । कोरोनाको त्रासले बजार नखोल्ने अडानमा बसेका सुनसरीका व्यवसायीहरू अहिले आफै पसल खोल्न पाउनुपर्ने पक्षमा देखिएका छन । जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा सोमबार बसेको बैठकमा अधिकांस ब्यवसायीहरूले चाडपर्व नजिकिएसंगै व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग गरेका थिए । ब्यवसायीहरूको मागलाइ मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले आगामी भदौ १८ गते देखि जिल्लाभरी रहेका ब्यापार व्यवसायहरू सञ्चालन गर्ने तयारी थालेको छ । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए । ब्यवसा

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 1,134 पटक पढिएको
    • " तेजबहादुर बन"
  • करेन्ट लागेर महिलाको मृत्यु

    विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीया फूल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी थिइन । उनको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved