कोभिड अस्पतालमा उपचार गराइरहेका इटहरी र सुन्दरहरैचाका दुई जनाको मृत्यु

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी घर भएका ६२ वर्षिय र मोरङको सुन्दरहरैचा घर भएका ७९ वर्षिय दुई वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार सुनसरी इटहरीका वृद्धलाई गत जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १८ गते मात्रै कोभिड अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो ।

त्यसै गरि मोरङको सुन्दरहरैचा ६का ७९ वर्षिय वृद्धलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको पनि आज बिहान मृत्यु भएको छ । दुवै मृत्तकको शव नियमानुसार हुने प्रतिष्ठानले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved