युकेबाट आएको स्वास्थ्य सामग्री धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरकलाई हस्तान्तरण

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र) को पहलमा युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । युकेबाट नेपाल आईपुगेको स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिषरमा प्रदान गरिएको छ ।

यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको छ । अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेससिल्ड, केएन नाइन्टी फाइभ सिल्ड, पीप्याप सेट, सीप्याप सेटसहितका स्वास्थ्य सामग्रीहरु रहेका छन् ।

वडाध्यक्ष राईका अनुसार धरान उपमहानगरपालिका, धरान १८ को वडा कार्यालय, बराहक्षेत्र नगरपालिकाको चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा स्वास्थ्य सामग्री पठाइएको छ । वडाध्यक्ष राईले मंगलबार धरान उपमहानगर परिषरमा नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यस्तै, धरान उपमहानगरका प्रमुख राईले बराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतराको लागि प्राप्त भएका स्वास्थ्य सामग्री सञ्चारकर्मी हिमाल राईलाई प्रदान गरेका छन् ।

यस्तै, ताप्लेजुङ पाथीभरा याङ्वरकको नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत् स्वास्थ्य सामग्री प्रदान गरिएको छ । धरान १८ र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राई, प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved