लकडाउन समयको मोटर बिमा प्रिमियम छुट गरिदिन यातायात व्यवसायीको माग

  • जेठ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्काउनु परेको बाध्यात्मक अवश्थामा मोटर बिमा प्रिमीयम छुट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् ।

पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको अवश्थामा पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएको अवश्थामा मोटर बिमा छुट गरिदिन बिमा समितीलाई आग्रह गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले मोटर बीमा प्रिमीयम छुट गरिदिन आग्रह गर्दै बीमा समितीलाई जेठ २५ गते पत्र पठाएको छ ।

दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गते देखिनै सवारी साधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । लामो समय सम्म सवारी साधन घर ग्यारेजमा थन्किदा बैंकको किस्ता, ब्याज साथै सवारी साधनको पार्टस पुर्जा समेत काम नलाग्ने भए पछि धेरै ठुलो क्षति व्यहोर्नु परेको महासंघका १ नम्बर प्रदेश समितीका संयोजक सरोज श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, पहिलो चरणको लकडाउन खुले पछि बिस्तारै बैंक किस्ता, ब्याज लगायत मर्मत सम्भारको व्यवस्थापन गरि बिस्तारै लयमा फर्कदै गरेको थियो, बैंक किस्ता ब्याज लाई पुनर्तालिकिकरण गरि भुक्तानी गर्दै गरेकोमा सो समेत चुक्ता नभइ सकेको अवश्था थियो, दोस्रो चरणको लकडाउन शुरु भइहाल्यो, अहिले सबै सवारी साधन घर तथा ग्यारेजमै थन्किएको छ ।’

घर तथा ग्यारेजमा सवारी साधन थन्किएर थोत्रो हुन थाले पछि व्यवसायबाटै पलायत हुने अवश्था सृजना भएको उनको भनाई छ ।

अघिल्लो वर्षको लकडाउनको समयअवधिको बिमा प्रिमियम छुट गरिएको थियो । बिमा समितीले सरकारले लकडाउन घोषणा गरेको अवधिभरको बीमा प्रिमियम छुट एवं दाबी रहितको छुत समित गरिदिए पछि व्यवसायीले राहत महशुष गरेका थिए । अघिल्लो वर्ष यातायात व्यवसायीकै माग अनुसार बिमा समितीले बिमा रकमको लकडाउन अवधिको हुने आउने रकमका ६७ प्रतिशत सम्म छुट दिएको थियो ।

४ महिना अवधिको छुट रकमले यातायात व्यवसायीलाई ठुलो राहत पुगेको श्रेष्ठको भनाई छ । उनले भने, ‘सरकारले लकडाउन अवधिको कुनै पनि छुट दिएन तर बिमा समितीले दिएको बिमा छुटले पनि व्यवसायीलाई ठुलो राहत पुगेको थियो ।’ यस वर्षको लकडाउन कहिले सम्म लम्बिने टुङ्गो नभएकाले मोटर बीमा प्रिमियम छुट गरिदिन आग्रह गरिएको श्रेष्ठले बताए ।

सवारी साधन घर तथा ग्यारेजमै थन्किएको अवश्थामा बिमा अवधि फेल हुने भएकाले लकडाउन खुल्ला हुने बित्तिकै बिमा नविकरण गर्नुपर्ने अवश्थाले व्यवसायीलाई झन पिरोलेको छ । गत साल झै बिमा समितीबाट निषेधाज्ञा अवधि भरको प्रिमियम छुट र दाबी रहितको अवधिको छुट दिनका लागि महासंघ प्रदेश नम्बर १ समितीले आग्रह गरेको छ ।

अघिल्लो वर्ष प्रदेश सरकार मातहतमा रहेको यातायात व्यवस्था कार्यालयबाट पाइने छुटका लागि यातायात व्यवसायीले आग्रह गरेका थिए । लकडाउन समय अवधिको सवारी साधन कर, यातायात व्यवसायी कर लगायतका अन्य कर छुटका लागि आग्रह गरे पनि प्रदेश सरकारले कुनै पनि छुट नगरिदिएको उनी बताउँछन् । यस वर्ष समयमै प्रदेश सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved