सुनसरी । सिचाई सुविधाको माग गर्दै सुनसरी सदरमुकाम इनरुवा ६ मधेसाका सयौं किसान आन्दोलित बनेका छन् । किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर, कुलो पैनी सफाई लगायत किसानहरुले पाउनु पर्ने सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै किसानहरु वडा कार्यालयनै घेराउ गरेका छन् । सुनसरीको सदरमुकाम इनरुवाका वडा नम्बर ६ का किसानहरुले करिव ४ सय ५० हेक्टर जग्गामा धानबाली लगाएका छन् । धानबाली पहेलो भइसक्दा पनि मल पाएका छैनन् भने सिचाईको पानी समेत उपयोग गर्न पाएका छैनन् । सुनसरीको सदरमुकाम इनरुवाको वडा नम्बर ६ का किसानहरुले बन्दाबन्दीको प्रवाह नगरी ७ सुत्रिय माग सहित आन्दोलनमा उत्रिएका छन् । वार्ड कार्यालयले कुनै
धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो । साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । १.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्
धरान । सुनसरीको धरानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी भन्ने उजुरीको आरोपमा प्रहरीले बालिका बलात्कार गर्ने युवकलाई गिरफतार गरेको हो । प्रहरीले धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई भदौ १७ गते गिरफ्तार गरेको छ । लिम्बुले ती बालिकालाई गत भदौ १४ गते आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि भदौ १७ गते दिउँसो ईलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।
धरान । गत मंगलबार सवारी दुर्घटनामा परि ज्यान गुमाएकी वृद्ध महिलाको पहिचान खुलेको छ । उनी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ८१ वर्षि लक्ष्मीमाया तामाङ रहेको खुलेको हो । उनलाई मंगलबार राती करिब साढे ७ बजेको समयमा धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अघि मोटरसाइकलले ठक्कर दिएको थियो । को ८ प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार रातीनै मृत्यु भएको थियो । मृत्तकलाई उनका छोरा चन्द्र बहादुर तामाङले सनाखत गरि शव बुझिलिएको प्रहरीले जनाएको छ । सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ । &nbs
काठमाडौ २०७७ भदौ १८ बिहीबार १६:२२:५४ प्रकाशित / आज थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७ जना रहेका छन् । बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्त
इटहरी । होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन हुँदै आएको इटहरी स्थित होटल प्रिमियर स्कुलले कक्षा ११ का लागि भर्ना खुल्ला गरेको छ । स्थापनाको छोटो समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाएको स्कुलले अनलाईन प्रक्रियाबाट भर्ना लिन खुल्ला गरिएको संचालक सुनिल भुषालले बताए । विहिबार आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमा यसै सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न ऐच्छिक बिषयहरू राखेर बजारको उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालको भनाइ छ । प्रिमियर स्कुलले विद्या
धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेका छन् । उनीहरु मध्ये ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ५२ जना अझै उपचारमै रहेका छन् । जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार विगत २४ घण्टामा सुनसरीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुने हरुमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएकाले कोरोनाको जोखिममा रहेका शहरहरुमा संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
इटहरी । जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीबार बिहान ७ बजेदेखि १० बजे सम्म जिल्ला भरीका ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि धेरै जसो व्यवसायीहरूले अपेक्षित रुपमा व्यवसाय खुल्ला गरेनन् । चाडपर्वको मुखमा तिन घण्टा समयसिमा तोकेर ब्यवसाय गर्न प्रशासनले दिएको अनुमति ब्यवसायी देखि स्थानीय सरकार सम्मले असन्तुष्टी जनाउदै आएका छन् । इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले छोटो समय तोकेर ब्यवसाय खोल्दा भिडभाड बढने र त्यसले जोखिम बढाउने हुँदा प्रशासनले साँझ ५ बजे सम्म सुरक्षा सतर्कता अपनाएर ब्यवसाय सुचारू गर्न पाउनुपर्ने धारणा राखेकि छिन् । त्यस्तै इटहरी उद्
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिने गरेको थियो । तर, बिहीबारबाट लागू हुने गरी ओपीडी निःशुल्क गरिएको अस्पतालले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै ओपीडी निःशुल्क गर्ने गरिएको बताएका छन । शर्माले भने,“बिरामीहरुलाई उपचारमा सहुलियत होस भनेर ओपडी निशुल्क गर्न निर्णय गरेका हौं ।”काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेको छ । दुवाकोटमा पनि ओपीडी निशुल्क हुने शर्माल
धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया मह