सहयोगी वडाध्यक्ष : जो वडावासीको घरघरमा पुग्छन्

  • जेठ २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र । उद्बवप्रसाद पोख्रेल वराहक्षेत्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष हुन् । तर झट हेर्दा नौलो मान्छेलाई उनी वडाध्यक्ष जस्तो नलाग्न पनि सक्छ । साधरण पहिरण , सरल चरित्र र प्रष्ट बिचार राख्ने उनि वडामा रहेको साधारण चिया पसल , चौकसंगै टोलमा सजिलै भेटिन्छन् । वडाध्यक्ष भएदेखि कुनै विवाद तथा झमेलामा नफसेका उनी वडावासीले चाहेको समय घर समेत पुग्छन् ।

प्रशाशनिक कार्य भन्दा पनि वडावासीको सेबा गर्न रुचाउँछन् उनको आलोचना गर्ने मान्छे नभएका भन्ने हैनन । तर पनि उनी त्यो आलोचनालाई सुझापको रुपमा लिदै वडावासीको सेवामा लागिनै परिरहेका छन् ।

गएको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट निर्वाचित भएका उनी वडावासीलाई राजनिती आग्रह पुर्वाह नराखि समान व्यवहार गर्छन् ।

सामान्य समय समेत वडावासीको सेबामा लाग्ने उनी विपत्तको समयमा भन्ने उनको ध्यान विपतवाट वडावासीलाइ कसरी मुक्त गराउनु हुन्छ । कोसि कट्टनदेखि बर्षाको पानी नियन्त्रण होसमा होनिसंगै वडावासीसंगै हुन्छन् ।

गत वर्षको कोरोना भाइरस नियन्त्रण तथा रागत वितरणमा घर- घर पुगेर सहजिकरण गरेका उनि हालको दोस्रो भेरियनको कोरोना नियन्त्रणमा सक्रिय पुर्वक लागि परि राखेका छन् । दोस्रो भेरियन सुरु भए पनि नेपाली कांग्रेससंग समन्वय गरेर वडामा रहेका सछै सक्रमितको घरमा सेनिटाइज गर्दै पुगेका वडाध्यक्ष पोखरेल अहिले सक्रमितको अवस्था बुझ्न घर दैलोमा व्यस्त छन् ।

वडासदस लिएर उनी आइसोलेशन र होम आइसोलेशनमा बसेका सक्रमितको घर( घरमा स्वास्थ्य साम्रागी सहित होसला प्रधान गर्ने घर- घरमै पुगेका छन् ।
दिन प्रतिदिन कोरोना भाइरस बृद्बि हुँदै गएपछि वडाध्यक्ष पोख्रेल सक्रमितको वसेको घरमै पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिने , सुरक्षित र सचेत भएर बस्न आग्रह समेत गरेका छन। वडाध्यक्ष पोखरेलले स्वास्थ्यमा समस्या आएमा जतिबेला पनि वडावासीले आफु लगाएत जनप्रतिनिधिलाई खवर गर्न समेत आग्रह गरेका छन् ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved