वि केयर नेपालको विपन्न परिवारलाई खाद्यान्न सहयोग

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले समस्यामा परेका धरान उपमहानगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई बि केयर नेपालले खाद्यान्न सहयोग गरेको छ ।

विगत तिन दिन देखि विभिन्न वडाका विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्दै आएको छ । संस्थाले वडा नम्बर २० खादिखोलाका जिवन राईलाई खाद्यान्न सामग्री, विजुली अभाव भएकालाई कुपि, मट्टीतेल लगायतका सामग्री प्रदान गरेको छ भने धरान १६ को नौलो बस्तिकी सिर्जना राईको परिवारलाई लत्ताकपडा प्रदान गरेको संस्थाका अध्यक्ष अविजित ताम्राकारले जानकारी दिए । त्यस्तै विपन्न परिवारलाई खाद्यान्न सामग्री पनि दिएको छ ।

त्यसै गरि धरान ८ स्थित सिद्धार्थ मार्गमा रहेको बुद्ध विहारलाई दैनिक प्रयोगमा आउने खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले चामल, दाल, आलु, नुन, तेल, न्यूटेला, दुध, सेनिटाइजर, मास्क रहेका थिए ।

लकडाउनको समयमा सडकमा रहेका बेसाहारा कुकुरहरूलाई खाना खुवाउँदै आएको १३ औँ दिन पछि आर्थिक विपन्न परिवारलाई दैनिक प्रयोगका खाद्यान्न सामग्री प्रदान गर्दै आएको छ । वि केयर नेपालले हाल कोरोना महामारीको समयमा क्लोथ बैंकको स्थापना गरी महमारीको बेला समस्यामा परेकाहरुलाई लत्ताकपडा समेत उपलब्ध गराउँदैछ ।

198672810_776428516406038_8306464699615159778_n 198986575_325686459008169_3537586439716971386_n

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved