धरानमा दोश्रो मात्रा छुटेका व्यक्तिहरुलाई असार १ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने भएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरुबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए । गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्मा कोभिशिल्डको दोश्रो मात्रा खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोश्रो मात्राको खोप पुरा भएको थियो भने सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाईने भएको हो ।

उपमहानगरपालिकाले गत फागुन २३ गते पछि कोभिशिल्डको पहिलो मात्रा लगाई दाश्रो मात्रा पर्खिरहेका व्यक्तिहरुका लागि नेपाल सरकारबाट खोप छिट्टै उपलब्ध गराउने तयारी गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । उपमहानगरपालिकामा खोप प्राप्त भएपछि धरानबासीलाई सुचना प्रचार गरि जानकारी गराउने पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved