ह्ङकङको एक संस्थाले नेपालका अस्स्पताहरुलाइ भेन्टिलेटर सहयोग

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ संक्रमित विरामी थपिदै जादा अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको बेला हङकङको एक संस्थाले नेपालका विभिन्न अस्पतालहरुलमा ५० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

गोर्खा सेमेट्री ट्रस्ट हङकङ नामक संस्थाले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको हो । भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समस्या भोग्दै आइरहेको बेला संसले नेपाल सरकारलाई ५०वटा भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

हङकङमा बस्दै आएका नेपालीहरुको संस्था सेमेट्री ट्रस्ट हङकङले भेन्टिले टर हस्तान्तरण गर्न साथ ती भेन्टिलेटरहरु आवश्यकता भएका नेपालका विभिन्न अस्पतालहरुमा आफै वितरण गर्न समेत थालेको छ । राष्ट्रिय खेलकुद परिषदका निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सिमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राई हङकङस्थित ट्रस्टबाट प्राप्त भएका भेन्टिलेटर वितरण गर्न आफै नेपालको पश्चिम क्षेत्रमा पुगेका थिए । उनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि नेपालमा भेन्टिलेटर अभाव भई उपचारमा कठिनाई भइरहेकोे अस्पतालहरुमा भेन्टिलेटर वितरण गरेको बताए ।

एनले शनिबार सम्ममा ५० थान मध्ये पोखराको प्रादेशिक अस्पताललाई ५ थान, म्याग्दीको सामुदायिक अस्पताललाई २ थान, बाग्लुङ अस्पताललाई २ थान, लुम्बिनी प्रादेशिक अस्पताल र दाङको बेलझुण्डी अस्पताललाई चारचार थान वितरण भइसकेको छ । उनले पूर्वका विभिन्न अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पोर्टेवल भेन्टिलेटर दिने तयारी भइरहेको बताए । उनले भने–‘पूर्वकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पताल सञ्चालन गरिएको र अहिले त्यहा विरामीको चाप बढ्दै गएपछि भेन्टिलेटरको अभाव भएपछि हामीले त्यसलाई मध्यनजर गरी वितरण गर्न लागेका छौं, अन्य स्थानमा पनि आवश्यकता हेरेर वितरण गर्छौ ।’

ट्रस्टले नेपालका कोरोना संक्रमितहरुका लागि हङकङमा रहेर अन्तराष्ट्रिय समुदाय र गैर सरकारी संघसंस्था, विश्वभरी छरिएर बसेका नेपाली दातासंग सहयोगको आव्हान गरेको ट्रस्टका कार्यकारी सदस्य देवराज राईले बताए ।
हङकङस्थित सरकारी विद्यालयका शिक्षक समेत रहेका राईले पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल सरकारलाई पठाएर वितरण पनि भइरहेको बताए ।

ट्रष्टले पहिलो चरणमा १७ हजार अमेरिकी डलरको पोर्टेवल भेन्टिलेटर खरिद गरेर नेपाल पठाएको सदस्य राइले जानकारी दिए ।
उनले भने, ‘हामीले सुरुमा १५ वटा सम्म भेन्टलेटर संकलन गरेर नेपाल पठाउन सकिन्छ होला भन्ठानेका थियौं, तर दाताहरुले विश्वास गरेर हालसम्ममा ३ लाख २० हजार हङकङ डलर दिएका छन् । यो रकम हामी नेपालको कोरोना संक्रमित
गम्भीर विरामी बचाउनका लागि प्रयोग गर्ने छौं ।’

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved