धरान । लकडाउनको समयमा थन्किएका सवारी साधनको सवारी कर र रुट इजाजत दस्तुर छुट दिने व्यवस्था संघीय सरकारले गरे पनि प्रदेश सरकारले अटेर गरे पछि यातायात व्यवसायीले दिएको निवेदनमा तत्काल कर असुल नगराउन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । यातायात व्यवसायीहरु हिरा उदास, नेत्र थापा र हरि थापाले प्रदेश सरकार विरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुले प्रधानमन्त्री कार्यालयको असार १५ गतेको पत्र अनुसारको निर्देशन र प्रदेश सरकारको आर्थिक ऐनको अनुसुचि २ को दफा ३ को उपदफा ६ (क) बमोजिम सवारी कर छुट दिनुपर्ने व्यवस्था कार्यान्यवन नगरिएको भन्द्र प्रदेश सरकार विरुद्ध निवेदन दिएका थिए । निवेदन माथि न
इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनले भने ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्
धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकराले जारी गरेको लकडाउनका कारण विगत ६ महिना देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहे । ग्यारेजमा थन्किएका सवारी साधनहरु यातायात व्यवसायीहरुको पहलमा सरकारले असोज १ गते देखि सवारी सञ्चालन गर्न अनुमति दिए सगै सडकमा यात्रु वाहक सवारी फाट्ट फुट्ट देखिन थालेका छन् । सवारीहरु सञ्चालन गर्ने अनुमति पाए पनि जनमानसमा संक्रमणको त्रास अझै सम्म पनि कायमै रहेकाले सवारीमा यात्रुको संख्यामा भने कमि देखिने गरेको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्रले प्रत्यक्ष १० लाख र अप्रत्यक्ष रुपले ५० हजार जनाको जीजव निर्वाह गर्ने ग
धरान । धरान क्षेत्रमा रहेका महिला संघसस्थाहरुको साझा संगठनको रुपमा रहेको महिला संजाल धरानको पाचौं अधिवेसनबाट अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएकी छिन् । अघिल्लो समितीको वरिष्ठ उपाध्यक्ष रहेकी श्रेङ नयाँ कार्यसमितीमा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । समितीको वरिष्ठ उपाध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् भने कार्यसमितीको प्रथम उपाध्यक्षमा कोपिला भट्टराई द्वितीय उपाध्यक्ष यशोदा कायस्थ निर्वाचित भएकी छिन् । त्यसै गरि समितीको सचिवमा लहरु माया जिमी निर्वाचित भएकी छिन् भने सहसचिव पदमा निर्मला शाक्य र सिता मगर चयन भएका छन् । समितीको कोषाध्यक्षमा सकुन्तला भुषाल र सहकोषाध्यक्षमा निर्मला नेपाल
विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढे सँगै मोबाइल भ्यानद्वारा कोरोना जाँचको स्वाब संकलन गर्न शुरु गरेको विराटनगर महानगरपालिकाले अशक्त व्यक्तीको घर–घर पुगेर स्वाब संकलन गरेको छ । शनिबार देखि अशक्तको घरमै पुगेर स्वाब संकलन कार्य शुरु गरेको हो । संक्रमितको सँख्या बढ्न थाले पछि अधिक संख्यामा नमुना संकलन गर्न गत मंगलबार देखि मोबाइल भेन शुरु गरेको थियो । स्थानीय स्रोत साधन प्रयोगबाट अत्याधुनिक र सुविधा सम्पन्न मोबाइल स्वाब भेनद्वारा घर घरमै स्वाब संकलन गर्न थालेको हो । विराटनगर महानगरपालिकाका अनुसार शनिबार विराटनगरका तीनवटा वडाका १८ जनाको घरघरमा पुगेको स्वाब संकलन भएको छ । मेयर भीम प
धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७१ हजार ८ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५३ हजार १३जना पुगेको छ भने मृतकको संख्या ४ सय ४९ पुगेको छ ।
धरान । सरकारले शैक्षिक संस्था खोल्न अनुमती दिए पछि धरान स्थित यु.एन.र नवोदय कलेजले कक्षा ११ मा नया भर्नाका लागि सनिबार पहिलो चरणको प्रबेश परीक्षा लिएको छ । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको आवश्यक स्वास्थ्य मापदण्ड मास्क, सेनिटाइजर, फेससिलको प्रयोग गर्नुका साथै भौतिक दुरी समेत कायम गरि परीक्षा लिइएको कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए । पहिलो चरणको प्रबेश परीक्षामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरि १ सय ९० जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए । दोश्रो चरणको प्रबेश परीक्षा आगामी असोज १६ गते लिइने कलेजले जनाएको छ ।
बराहक्षेत्र । शुक्रबार राती मृत भेटिएकी एक बालिकाको हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बराहक्षेत्रले ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा १२ वर्षीया बालिका मिना राईको हत्याको अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुर सहितको टोलि खटेको थियो । तालिम प्राप्त कुकुरहरुले १ सय ५० मिटर परको एउटा घरमा पसे पछि त्यस घर सहित उनका अन्य साथीहरुलाई आशंकामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । शुक्रबार आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा दुई
धरान । रोट्रयाक क्लब अफ धरानले शुक्रबार द सिक्रेट अफ पब्लिक स्पिकिङ् कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा ४६ जनाको सहभागिता रहेका थियो । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोट्रयाक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । तालिमको सहजीकरण रिदम साहद्वारा गरिएको थियोे । साहले डिजिटल प्रविधिको माध्यमले धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको बताए ।
धरान । सर्दु खोलामा पुल बने पछि राहत मिलेको धरान २० स्थित विष्णुपादुकाका विद्यार्थीहरुलाई समेत घर बाटै विद्यालय धाउन सहज बनेको छ । वर्षाको समयमा धरानमै डेरा लिएर बस्नुपर्ने बाध्यता पनि हटेको छ । धरानका कलेज तथा विद्यालयमा अध्ययनरत विष्णुपादुकाका विद्यार्थीहरु अहिले सहज रुपमा घरबाटै धाउन सक्ने भएका छन् । वर्षामा सर्दु खोलामा आउने बाढीका कारण उनीहरु डेरा लिएर बस्ने गरेका थिए । पुल संचालनमा आए पछि डेरामा बस्नु पर्ने र अनावश्यक खर्च समेत कटौति भएको स्थानीय ओम सुच्चा राई बताउँछन् । उनले भने, अहिले डेरा बस्नु पर्ने, डेरा बस्दा हुने अनावश्यक खर्च समेत जोगिएको छ, उनीहरु अहिले घरबाटै विद्यालय धाउन सक्