पत्रकार गौतमलाई दुर्घटना विमाको रकम हस्तान्तरण

  • साउन २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको विमा रकम हस्तान्तरण गरेको छ ।

इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो । युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । ती मध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सह्रानीय काम गरेको बताए । पत्रकारहरुको हितमा काम गर्न चाहेमा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनले बताए । यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् । सरकारबाटै पैसा रोकिएको कारण १५ जनालाई भने वितरण गर्न बाँकी रहेको छ ।

दुर्घटना बिमित पत्रकार विराट गौतम (अनुपम) ले रकम बुझिसकेपछि युनियनले पत्रकारहरुको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने । उनी गत वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका थिए ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved