पिलोको शल्यक्रिया गर्दा मृत्यु !

  • साउन २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / सुन्दा पनि अचम्म । अस्पतालहरुमा गम्भीर प्रकारका शल्यक्रियाबाट मानिसको मृत्यु भएको त हामीले सुनेकै छौं । तर बिराटनगर स्थित गोल्डेन अस्पतालमा भने पिलोको शल्यक्रिया गर्दा एक वृद्ध मृत्युवरण गर्नुपरेको छ ।

पिलोकै शल्यक्रियाबाट ती बृद्धको मृत्यु भएपछि उनका आफन्तहरुले आक्रोसित भएर अस्पतालमा तोडफोड गरेका छन् ।
सोमबार मोरङ धनपालथान गाउँपालिका–६ कदमाहामा ६७ वर्षीय अहमद हुसेनको शल्यक्रिया पछि उपचारमो क्रममा मृत्यु भएसगँै आफ्न्तले अस्पताल परिसारमा तोडफोड गरेका हुन् ।

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार मलद्धारमा रहेको पिलोको शल्यक्रिया गरिएकाहुसेनको उपचारकै क्रममाराति १० बजे भेन्टिलेटरमा मृत्यु भएको हो ।

वृद्धको मृत्यु भएसगै ठुलो संख्यामा उपस्थितभएका आफ्न्तहरुले काउण्टरको झ्यालका शिशा फुटाएका छन् भने कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट पनि गरेको छन् ।

मेहताका अनुसार मलद्धारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निस्कृय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले दिएका छन् ।
यता, तोडफोडमा संलग्नरहेका ७ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई पक्राउ गरिएको हो ।

चिकित्सकको कम्जोरीबाट बिरामीको मृत्यु भएको भन्दै आफ्न्तहरुले शव नबुझ्ने बताएका छन् । मृतकको परिवारले शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन् ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved