अस्पतालबाटै कोरोनाको जोखिम

  • साउन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ स्वास्थ्य मापदण्डको पालना गर्न सरकारले सबैलाई आग्रह गर्दै आइरहेको भएपनि अस्पतालहरुले नै यो मापदण्डको पालना नभएको पाइएको छ । जसका कारण अस्पतालहरुमै बढी भिडभाड हुने र स्वास्थ्य मापदण्डको पालना नहुने भएकोल कोरोनाको जोखिम अझ बढेर गएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चापका कारण भौतिकदुरी पालना हुन नसक्दा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । अस्तालमा उपचारक लागि आउने विरामीलाई भौतिक दूरी पालना गर्नका लागि लाइनमा बस्दा दुई मिटरको फरकमा मार्किङ गरिए पनि सर्वसाधारण त्यस्ता मार्किङको व्यवस्था गर्दै लाइनमा तछाडमछाड गरेर बस्ने गरेका कारण कोरोनाको जोखिम बढ्दै गएको हो ।

एकातिर प्रतिष्ठानमा चिकित्सक, नर्स, कर्मचारी, फ्याकल्टी विद्यार्थी लगायतको सुद्धिकरणको माग राखी गरिएको संयुक्त आन्दोलन स्वयम् चिकित्सकहरु ने भौतिक दूरी पालना नगरी आन्दोलनमा होमिने र अर्कोतर्फ विरामीको चापले गर्दा अस्पताल अस्तव्यस्थ रहदा कोरोनाको जोखिम अझ बढेर जाने प्रवल सम्भावना देखिएको छ ।
उदयपुरबाट उपचारका लागि प्रतिष्ठान आउनुभएका मिलन दाहालले प्रतिष्ठानले उपचारमा आएका विरामीहरुलाई व्यवस्थित गर्न नसक्दा अस्पतालबाटै कोरोना सर्न स्क्ने जोखिम बढेर गएको बताए । उनले भने–‘प्रतिष्ठानभित्र जता हे¥यो उतै थामिनसक्नु भीड छ, भीड नियन्त्रणमा न त अस्पताल गम्भीर छ, न त सर्वसाधारणमा सचेतना नै छ ।’

प्रतिष्ठानमा आकस्मिक, ओपिडी, आखा, दाँत लगायतका फ्याकल्टीमा दैनिक ५ हजार भन्दा बढी विरामीहरु उपचार गराउन आउने गरेका छन् । विल काउन्टरमा भीड लाग्नेदेखि लिएर चिकित्सकहा चेकजाज गराउदा, रिपोर्ट लिन जादा समेत भीडभाडमा लाइन लाग्नुपर्ने बाध्यता यसले अझ जोखिम बढाएर विरामीहरुको भनाई छ ।

धरान १६ का विकास घिमिरेले सबैलाई हतारै भएका कारण लाइन लाग्दा भौतिक दूरी कायम गरेर राखिएको मार्किङलाई समेत वेवास्ता गर्ने गरेको बताए । उनले कोरोनाको यस्तो महामारीमा सर्वसाधारण आफै सचेत हुनुपर्नेमा विगतकै जस्तो केही प्रवाह नगरी भीडभाडसंग लाइनमा बस्ने प्रवृत्तिले कोरोनाको जोखिम अझ बढेर गएको बताए ।उनले भने–‘ओपिडी बिल काट्ने ठाउमा गयो उस्तै भीड छ, चिकित्सककोमा जाच गर्ने ठाउमा गयो, उस्तै भीड छ, रिपोर्ट लिन गयो त्यही भीड छ, यसले त झन अस्पतालबाटै कोरोनाको जोखिम होला जस्तो छ ।’

यता चिकित्सकहरुका आन्दोलन पनि कोरोना जोखिमको अर्को कारण बन्दै गएको छ । प्रतिष्ठानमा चिकित्सक, कर्मचारी, विद्यार्थी लगायतको संयुक्त संघषृ समितिले सुद्धीकरणको माग ४७ दिनदेखि लगातार आन्दोलन गरिरहेको छ । आन्दोलनका क्रममा चिकित्सकहरुले नै भौतिक दूरी पालना गरेको पाइदैन ।

उनीहरु भिडभाड गरेर कहिले चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, गर्ने कहिले डिनको कार्यालया तालाबन्दी गर्ने, भौतिक दूरी पालना नगरी -यालीमा सहभागी हुने काम गरिरहेका छन् । यसले पनि कोरोनाको जोखिम अझ बढेरगएका छ । यस्तो हुदा पनि प्रतिष्ठानका आन्दोलनरत पक्ष आफ्नो माग पूरा नहुन्जेल अझ कडा आन्दोलन चर्काउने चेतावनी दिइरहेका छन् ।

पछिल्लो समय अस्पतालमा विरामीको चाप र प्रतिष्ठानभित्र हुने गरेका आन्दोलनकै कारण जोखिम बढ्ने सम्भावना बढेर गएको छ । यसतर्फ आन्दोलनकारी र प्रतिष्ठान प्रशासन स्वास्थ्य मापदण्ड पालनातर्फ अलिकति सम्बेदनशील छैनन् भने भौतिक दूरी पालनामा उपचारमा आएका विरामी, विरामीका आफन्तले रत्तिभर पालना गरेको पाइदैन, यसतर्फ अब सबै सचेत बन्नुपर्ने बेला आएको छ हैन भने उपचार गर्ने अस्पताल नै कोरोनाको संवेदनशील क्षेत्र नबन्ला भन्न सकिन्न ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved