समाचार

    Showing 7,211-7,220 of 8,664 items.
  • भारतबाट ल्याइदै गरेको अवैध चौपाया पक्राउ

    धरान । भारतबाट अवैधरुपमा ल्याइएका चौपायाहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा हालेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २४ थान रागा सहित १ वटा पाडी बरामद गरेको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याइएका चौपायाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । करिब २ लाख ४० हजार मुल्य बराबरको २४ थान रागा, १० हजार मुल्य बराबरको १ वटा पाडी र १५ लाख मुल्य बराबरको मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकका चालक इनरुवा ४ बस्ने वर्ष २८ का राजकुम

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कटहरेकी बालिकाको हत्याको आरोपमा एक जनालाई म्याद थप

    धरान । बराहक्षेत्र नगरपालिका कटहरेकी १२ वर्षिय बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरि ५ दिनको म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा १ जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार बराहक्षेत्र १ की १२ वर्षिय बालिका मिना राईको आफ्नै घरमा हत्या भएको थियो । ज्यान सम्बन्धी अनुसन्धनमा प्रयोग गरिनै लैला नामको कुकुरको प्रयोग गरिएको थियो । अनुसन्धानबाट कर्तव्य गरी मार्ने वर्ष १५ का एक युवालाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्र

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन दिवस बेलुन उडाएर मनाइयो

    धरान । कोरोनाको कारण प्रभावित बनेको पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि भए पनि सामान्य रुपमा ४१ औं पर्यटन दिवस मनाएका छन् । पर्यटन व्यवसाय तहसनहस भए पनि स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई मुख्य रोजगार र समृद्धिको आधार मानेकाले पर्यटन दिवसलाई स्मरण गर्न पर्यटन व्यवसायीहरुले बेलुन उडाएर मनाएका छन् । पर्यटन व्यवसाय अझै धरायसी नै भएका छैनौं, सम्भावना बाकी नै छ भन्ने सन्देश दिनका लागि बेलुन उडाएर भए पनि दिवसको स्मरण गरिएको पर्यटन व्यवसायी बासुदेव बरालले बताए । आइतबार पर्यटन दिवसको अवसरमा धरान उपमहानगरपालिका परिषरमा धरानका प्रमुख तिलक राईले बेलुन उडाएका थिए । अघिल्लो वर्षहरुमा पर्यटन दिवस

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १५७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७०,६१४ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ भने मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको दुहवीमा १ मह

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 663 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चार फोटो प्रतियोगी सम्मानीत

      इलाम विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासँघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दास्रो, विमला गुरुङ तेस्रो भएको छ । प्रतियोगीतामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगिलाई क्रमस दश, पाँच र चार हजार रुपैया र दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटो ग्रफि तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलका फोटाले पाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,156 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सहयोग पाए उपचार गर्ने आशामा कडा रोगका बिरामी

    इलाम / २०७६ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओली दास्रोपटक मृगौला प्रत्यारोपण गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो । आफ्नो मृगौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको पहिलो पटकको उपचार नेपालमा नभएपनि दोस्रो पटकको उपचार भने नेपालमानै भएको थियो । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिले कुनै समस्या छैन । तर मृगौला रोगले पिडित आफ्नैै देशका गरीव जनता उपचारको लागि सहयोग पाए उपचार गर्ने, नपाए रोगकै कारण अकालमा ज्यान फाल्न

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 700 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • होटल व्यवसायी सँग मौद्रिक नीतिबारे छलफल

    धरान । सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको विषयमा धरानका होटल व्यवसायी सँग छलफल भएको छ ।कोरोना संक्रमणका कारण बन्दाबन्दीको समयमा सरकारको आर्थिक नितीबाट होटल व्यवसायी पाउने राहत र कर्जाका विषयमा छलफल भएको हो । होटल व्यवसायी समिति धरानले आयोजना गरेको छलफलमा बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुलाई परेको मार्का र त्यसबाट सहजता पाउने विषयमा व्यवसायीहरुले छलफल चलाएका थिए । प्राइम कमर्सियल बैंकका प्रदेश नं. १ का प्रमुख दिमन श्रेष्ठले व्यवसायीका हितमा राष्ट्र बैंकले ल्याएका पुनर्कर्जा, कर्जा समायोजन, व्याज अनुदान, बिना धितो पाइने कर्जाका विषयमा जानकारी गराएक

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इक्सा अभिनित म्युजिक भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक

    धरान । धरानबाट मोडलिङ यात्रा शुरू गरेकी इक्सा मादेन अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मुन्धुमी गायक ब्रबिन शेमा ‘चेसुङ’ र गायिका सीता सिङ्घकको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मदन पुरस्कार बिजेता कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको गीतको भिडियो ओरिजिन नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।मनदेखि लगाएको माया कति अमर हुन्छ भन्ने आशय बोकेको भिडियोमा विगतका दिनहरूलाई सम्झी प्रदेश गएको प्रेमी आउने बाटो हेर्दाहेर्दा वर्षौं बितेको तर माया कहिले नघटेको कुरा देख्न सकिन्छ । भिडियोमा प्रेमको परिभाषा के हो भन्ने देखाउन खोजिएको छ । भ

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यालेन्ट हन्टबाट २३ जना बास्केटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति

    धरान । वर्षेनी ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरी बास्केटबल खेलाडीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको धरान बास्केटबल संघले यस वर्षको ट्यालेन्ट हन्टाबाट २३ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बास्केटबल खेल सँगै शिक्षामा पनि खेलाडिहरुलाई अघि बढाउन संघले विगत १५ वर्ष देखि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरी उत्कृष्ठ ठहरिएका खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । यस वर्षको एक महिना भएको ट्यालेन्ट हन्टबाट धरानका विभिन्न कलेजहरुमा २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रदेश नम्बर १ का मुख्य बास्केटबल प्रशिक्षक विक

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved