धरान । भारतबाट भन्सार छली गरि ल्याएको २६ बोरो चिनि सहित इलाका प्रहरी कार्यालय पकलीको टोलिले एक टाटाको पिकअप फेला पारेको छ । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का रोकी राखेको अवश्थामा प्रदेश ३–०१–०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअपमा चेकजाँच गर्दा २६ बोरा चिनी फेला पारेको छ । चिनि भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको हुन सक्ने आशंका गरिएको छ । कुल १ हजार २ सय ९० किलोग्राम चिनि र पिकअप पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिकअपको १५ लाख रुपैया र चिनिको ६४ हजार ५ सय रुपैया अनुमान गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धुकोश
धरान । लामो समय देखि विवादित रहेको धरानको खानेपानी संस्थानलाई धरान उपमहानगरपालिकाको वोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको छ । कार्यपालिकाको गत कार्तिक ५ गतेको बैठकले २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको धरान उपमहानगरपालिकाका प्रमुख तथा बोर्डमा अध्यक्ष तिलक राईले बताए । मर्ज गर्ने लामो प्रक्रिया रहेकाले बुधबार (आज) देखि मर्जको प्रक्रिया शुरु भएको बताए । संस्थानलाई वोर्डमा मर्ज गर्नको लागि आबस्यक छलफल तथा प्रकृया अघि बढाइएको बताएका छन् । उनले भने, ‘मर्ज भन्ने प्रकृया लामो हुन्छ त्यसको लागि आबश्यक छलफल भइ
इटहरी । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको र मानविय क्षती समेत बढिरहेको अवस्थामा सरकारले कुनै पनि जिल्लामा भिडभाड हुने त्यस्तो कार्यक्रम नगर्न निर्देशन दिइरहेको बेला आगामि कार्तिक २७ गते प्रदेश एक अन्तरगत मोरङको बिराटनगरमा ५ हजार राजावादिहरू सडकमा निकाल्ने तयारी भएको छ । लोकतन्त्र स्थापना पश्चात देश संघियतामा गएपनि कुनै परिर्वतन नभएको , नेताहरूको राजनीतिले राष्ट्र र जनता प्रत्यक्ष मारमा परेको भन्दै मुलुकमा राजसंस्था ब्युताउन राजावादिहरूले आगामि कार्तिक २७ गते बिराटनगरमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरेका छन । र्यालीको बिषयमा राजावादिहरूले मंगलबार सुनसरीको इटहरी , मोरङको बिराटनगर , उर्ला
धरान । कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर सजकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टी गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको छ । तर कोरोना संक्रमण पुष्टि भएका मृत्तकहरुलाई नेपाल सेनाले अन्तीम संस्कार गर्दै आएको छ । संक्रमण फैलिन सक्ने डरले आफन्तहरुलाई नजिक पनि पर्न दिइदैन । स्थानीय सरकारले व्यवस्थापन गरेको जंगलमा स्काभेटरले खाल्डो खनि नेपाली सेनाले पुर्ने गरेका छन् । न त आफन्तले हेर्न पाउँछन्, न त परिवारले दाहसंस्कार नै गर्न पाएका छैन्न । नेपाली हिन्दु धर्म अनुसार मृत्तकलाई छोर
धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ
इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ । कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएक
इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकामा रहेको देशकै पहिलो चिया कारखाना नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक सहित इलाम चोक बजारमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गरेको छ । नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएको कारण उनको प्रतिक बनाइएको छ । इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिकोको नामबाट संग्रहालय निर्म
धरान । सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् । विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानी
धरान । चाडपर्वको समयमा जुवातास खेलिरहेको अवश्थामा प्रहरीले छापा मार्दै पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । केही दिन अघि मोरङको केराबारीमा तास खेल्दै गरेको अवश्थामा ठुलो समुहलाई पक्राउ गरेको थियो । पुनः प्रहरीले दुहबी नगरपालिकामा तास खेलिरहेको अवश्थामा ९ जनाको समुहलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका अवश्थामा ९ जनालाई पक्राउ गरेको हो । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका अवश्थामा उनीहरुलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय
विराटनगर । प्रदेश सरकारले बजेट दिए अनुसारको अस्पतालहरुले सेवा सुविधा देखिने गरि दिनु पर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो