धरान÷ तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट १५ जनाको टोली त्यहाँ पुगेको छ । प्रदेश नं. १ तेक्वान्दो सङ्घका तर्पmबाट टोली त्यहाँ पुगेको हो ।
निजगढ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै टिम म्यानेजर सूर्य दङ्गाल र कोच सन्तोष घिमिरेको नेतृत्वमा टोली त्यहाँ पुगेको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष खेलाडी ७ र महिला खेलाडी ६ जना रहेको टिम म्यानेजर दङ्गालले जनाए ।
टोलीमा पुरुष खेलाडीतर्पm सृजन पौडेल, अनिल बस्नेत, सुसन थापा, रोहित राई, जगधन राई, कमल खत्री र सुसन वन सहभागी छन् । यसै गरी महिला खेलाडीतर्पm अनिसा राई, आस्मा राई, आङ्सु धिमाल, मिना खत्री, समीक्षा लिम्बू र सुवना धिमाल टोलीमा सहभागी छन् ।
टोलीलाई बिहीबार बिहान इटहरी उपमहानगरपालिकामा विदाइ गरिएको थियो । शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।