झरनामा ६३ करोडको कारोबार

  • मंसिर १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित झरना बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा ६३ करोड भन्दा बढी कारोबार गरेको छ ।
संस्थाको ११ औं साधारणसभामा अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६७ प्रतिशतले वृद्धि गर्दै कुल ६३ करोड ३१ लाख ५३ हजार ५ सय ७० रुपैया कारोबार गरेको जनाएको छ । संस्थाका अध्यक्ष मान बहादुर मगरले पेश गरेको संस्थागत प्रतिवेदन अनुसार आर्थिक वर्ष ७७÷७८ मा २६ लाख ८६ हजार १ सय ५१ रुपैया खुद मुनाफा गरेको छ ।

261620775_1092649441509125_7446538665848989586_n

संस्थाले अघिल्लो वर्षको तुलनामा २९ दशमलव ०२ प्रतिशतले निक्षेप संकलन वृद्धि गर्दै ४९ करोड ३३ लाख ४२ हजार ७ सय ८० रुपैया संकलन भएको जनाएको छ । त्यसै गरि ४५ करोड ८७ लाख ८७ हजार १ सय ८८ रुपैया कर्जा तथा सापटी दिएको छ भने कुल आम्दानी ७ करोड ६५ लाख ७३ हजार ८ सय ७६ रुपैया रहेको जनाएको छ । संस्थाको कुल खर्च ७ करोड ३८ लाख ८७ हजार ६ सय ४९ रुपैया गरेको छ । संस्थाले आर्थिक वर्ष ७७÷७८ मा २ करोड ७९ लाख ७२ हजार १ सय रुपैया शेयर पुँजी वृद्धि गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा शेयर पुँजी ४ करोड ९९ लाख ७२ हजार १ सय पु¥याउने लक्ष्य लिएको जनाएको छ । कर्जा लगानीमा वृद्धि गर्दै चालु वर्षमा ५६ करोड २७ लाख ८७ हजार १ सय ८८ रुपैया पु¥याउने अनुमान गरेको छ ।

IMG-20211127-WA0000

प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख बलराम निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २१ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ठ शेयर सदस्य विजय मानन्धर, मुकेश अग्रवाल, उत्कृष्ठ बाल बचत प्रिन्सा खतिवडा, उत्कृष्ठ ऋण सदस्य अन्जु ताम्राकार, उत्कृष्ठ नारी लखपति रोशनी कार्की लगायत रहेका छन् ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved