समाचार

    Showing 6,921-6,930 of 10,040 items.
  • वाणिज्य बैंकको एटिएम सेवा पानवारीमा शुरु

    धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,149 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस १४ औ महाधिवेशन : प्रदेश अधिवेशन बिहीबार, शनिबार निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । प्रचार समितिका संयोजक राजिव कोइरालाका अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओमिक्रोन भेरिएन्टको त्रास शुरु

    सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ । विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस मोरङ अधिवेसन : षडयन्त्र भएको संस्थापन पक्षको आरोप

    विराटनगर/ नेपाली कांग्रेस मोरङको अधिवेशनमा षडयन्त्रमुलक ढंगले चुनावमा हराएको संस्थापन पक्षले आरोप लगाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संस्थापनका नेता अमृत अर्यालले शक्तिको दुरुपयोग गर्दै संस्थापनका उमेदवारलाई पराजित गरिएको आरोप लगाउँदै भने, “मलाई पनि तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याउनु भयो, बाहिरी चुनावी गतिविधि गर्न दिनु भएन, चुनाव सार्ने भनियो तर एकाएक चुनाव गर्ने भनियो, हामीले प्रतिनिधिलाई समेत खबर गर्न पाएनौं ।” अर्यालले कांग्रेसको चुनावमा गुटगत प्रभाव हावी भएको बताए । पार्टीको आन्तरिक निर्वाचन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका विषयविज्ञ डा.पोखरेलद्वारा राजिनामा

    सुनसरी/ इटहरी उपमहानगर पालिकाको विषय विज्ञका रुपमा रहेको प्रा.डा.बद्रीविशाल पोखरेलले सल्लाहकार सदस्यबाट राजिनामा दिएका छन् । उनले मंगलबार उपमहानगरपालिका प्रम्ुखलाई राजिनामा दिएका हुन् । इटहरीका स्रष्टाहरुले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः गर्नु पर्ने काममा बेपर्वाह बेवास्ता मात्र होइन यस क्षेत्रलाई प्रमुख र अझ उपप्रमुखले घोर अपमान गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् । पोखरेलले इटहरी वरपरका नगरपालिकाले भाषा, कला र साहित्यका क्षेत्रमा प्रतिष्ठाननै गठन गरि उत्थानमा शुरुदेखि महत्वपूर्ण काम गर्ने योजना बनाए पनि आजका कुनै पनि काम हुन नसकेको बताए । आर्थिक वर्षको बजेटमा उपप्रमुख ल

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ कांग्रेसको सभापतिमा डिगबहादुर लिम्बू विजयी

    विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्लाको सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।दोस्रो चरणमा भएको निर्वाचनमा १९०६ मत प्राप्त गरी लिम्बू विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दिलिप गच्छदारले १४२५ मत प्राप्त गरे । खसेको मध्ये २५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।लिम्बू कोइराला(पौडेल र गच्छदार देउवा-सिटौला खेमाबाट उमेदवार बनेका थिए । पहिलो चरणको निर्वाचनमा तीनमध्ये कोही उमेदवारको बहुमत नआएपछि दोस्रो चरणमा बुधबार निर्वाचन भएको थियो ।‌ अन्य पदाधिकारीको मत गणना भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्ने

    धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ । एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको उपकरण बिग्रिए : बाहिरको ल्याव टेष्टलाई मान्यता

    धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् । दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,278 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • पन्ध्र सय ८५ मतले रावललाई हराउँदै बने ओली पुनः एमाले अध्यक्ष

    सुनसरी । चितवनमा सम्पन्न १०औं महाधिशनमा पुनः केपी शर्मा ओलि अध्यक्षमा विजयी भएका छन् । महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रतिष्पर्धी भीम रावललाई १५ सय ८५ मतको फराकिलो अन्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा ओलीले १८ सय ८ मत प्राप्त गरेका थिए भने रावलले २ सय २३ मत प्राप्त गरेका छन् । ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ६५ कम हुन्छ । ६५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । एमालेमा सर्वसम्मति प्रयास असफल

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 1,126 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा सेन्ट्रल मार्टको व्यापार शुरु

    इटहरी/ इटहरी चौंकमा बनेको १० तले विल्डिङमा संचालन भएको सेन्ट्रल प्लाजाको पहिलो तलामा स्थापना गरिएको ग्रोसरी स्टोरले सोमबार देखि औपचारिक रुपमा व्यापार शुरु गरेको छ । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर सहितको मार्ट सोमबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा व्यापार शुरु गरेको हो । सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संयुक्त रुपमा मार्टको उदघाटन गरेका छन् । उद्घाटनको अवसरमा ग्र

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved