इटहरीमा सेन्ट्रल मार्टको व्यापार शुरु

  • मंसिर १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ इटहरी चौंकमा बनेको १० तले विल्डिङमा संचालन भएको सेन्ट्रल प्लाजाको पहिलो तलामा स्थापना गरिएको ग्रोसरी स्टोरले सोमबार देखि औपचारिक रुपमा व्यापार शुरु गरेको छ ।
सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर सहितको मार्ट सोमबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा व्यापार शुरु गरेको हो ।

सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संयुक्त रुपमा मार्टको उदघाटन गरेका छन् ।

उद्घाटनको अवसरमा ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म छुट दिइने मार्टका प्रबन्धक हेमन्त दङ्गालले बताए । उनका अनुसार मार्टले कम्तिमा एक हजार रुपैयाँको खरिद गर्ने ग्राहकलाई एक किलो नुन निःशुल्क दिने गरेको छ ।

साथै एक हजार पाँच सय सम्मको खरिद गर्ने ग्राहकलाई ७ सय ग्रामको फेना सर्फ निःशुल्क, २ हजार रुपैयाँ सम्मको खरिद गर्ने ग्राहकलाई १ किलो चिनी निःशुल्क र २ हजार ५ सय सम्मको खरिद गर्ने ग्राहकलाई आधा लिटर रिफाइन तेल निःशुल्क दिने छुट योजना मार्टले सार्वजनिक गरेको छ । सेन्ट्रल मार्टले वार्षिक लक्की ड्र अन्तर्गत एक जनालाई यामाहाको १ सय २५ सीसी फ्यासिनो स्कुटर, दोस्रोमा वासिङ मेसिन र तेस्रोमा रेफ्रिजेरेटरसमेत दिने घोषणा गरेको छ ।

मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स आइटमहरु सुपथ मूल्यमा उपलब्ध हुने छ । मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ भने मार्टको लागि सेन्ट्रल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved