सुनसरी । चितवनमा सम्पन्न १०औं महाधिशनमा पुनः केपी शर्मा ओलि अध्यक्षमा विजयी भएका छन् ।
महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले अध्यक्षका प्रतिष्पर्धी भीम रावललाई १५ सय ८५ मतको फराकिलो अन्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा ओलीले १८ सय ८ मत प्राप्त गरेका थिए भने रावलले २ सय २३ मत प्राप्त गरेका छन् । ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ६५ कम हुन्छ । ६५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।