कांग्रेस १४ औ महाधिवेशन : प्रदेश अधिवेशन बिहीबार, शनिबार निर्वाचन

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो ।

प्रचार समितिका संयोजक राजिव कोइरालाका अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा शुरु गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उमेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन् ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिला सहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।

बुधवार बसेको अधिवेशन आयोजक समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद, महानगर, नगरपालिका–गाउँपालिकाका मेयर÷अध्यक्षहरु सहभागी थिए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved