धरान । कोरोना संक्रमण देखिए पछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा ३६ दिन पछि आइतबार आस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना भाइरस संक्रमण भएपछि सांसद विश्वकर्मालाई कार्तिक ८ गते वीर अस्पतलामा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारको लागी कार्तिक ११ गते काठमाण्डौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । सबैको शुभेच्छा तथा स्वास्थ्यकर्मीह
विराटनगर । झापाको कचनकवल देशकै होचे भू–भागमा अवस्थित गाउँपालिका हो । केहीअघि एकै पटक डेढसय भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखियो । जनजीवन आतंकित जस्तै बन्यो । तर, अहिले कचनकवलको जनजीवन सामान्य बनिसकेको छ । संक्रमणको दर शुन्य जस्तै छ । अवस्था सामान्य हुँदै गएपछि कचनकवलमा जनजीविकाका सबै ‘इन्जिनहरु’ पूर्ववत रुपमा संचालन भईसकेका छन । अन्यत्र धेरैतिर विद्यालय संचालन मात्र तयारी भईरहंदा कचनकवलमा भने विद्यालय खुलिसकेका छन । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन, “गाउँमा इन्टरनेटको पहुँच छैन । हामीले त स्वास्थ्य सावधानी र सरकारले तोकेको मापदण्ड अपनाएर विद्यालय खोलिसक्यौं ।
धरान । पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् । असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् । विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प
इटहरी । तिन वर्ष अघि एक नं प्रदेशलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यान्वयन कमजोर भएको भन्दै एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले सवारी चालकहरूलाइ कडाइ गर्न थालेको छ । सम्बन्धित ट्राफिक प्रहरी कार्यालयहरूमा सुचना दिदै हर्न निषेध अभियानलाइ टुंगोमा पु¥याउन र कार्यन्वयन पक्षलाइ बलीयो बनाउन एक नं प्रदेश प्रहरीले राजमार्गमा गुडने सबै प्रकारका सवारीसाधनहरूलाइ कडाइ गर्न आन्तरिम आदेश जारी गरे संगै कडा रुपमा प्रस्तुत हुन थालेको छ । तिन वर्ष अघि नै प्रदेश एकलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । एक नं प्रदेशमा हर्न निषेध अभियान चलिरहदा अभियान बिरूद्ध गत २०७४ साल कात्तिक १४ गते रिट
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४सय२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ प्रदेश १ मा आज १सय७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरे
मोरङ । मोरङ सुन्दर हरैचा-७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान ८ बजे सुन्दर हरैचा-८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं। १-०१-००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई-१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी/ इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै
धरान। सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतब
बिराटनगर। मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । यसैगरी मोरङकै उर्लावारी नगरपालिका- ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी स
धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।