समाचार

    Showing 6,651-6,660 of 10,040 items.
  • मोटरसाईकल दुर्घटना हुदाँ चालकको मृत्यु

    धरान । सुनसरीको बर्जु गाउँपालिका १ स्थित बुक्डरीको भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय धनिलाल उराव रहेका छन् । बुधवार राती साँढे ९ बजेको समयमा को २८ प ३८०७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उरावको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पोखरीमा डुबेर एकजनाको मृत्यु

    धरान । झापाको शिवसताक्षी नगरपालिका ४ मा रहेको माछा पोखरीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४९ बर्षीय सन्चरिया ताजपुरिया रहेका छन् । बुधवार बेलुकी आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखे पश्चात् तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 1,484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीको समस्या : सरकारले गिजोल्यायो, सर्वोच्चले फुकायो

    धरान । सरकारले गत पुष ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला पदाधिकारीलाई काम गर्न रोक लगाउँदै मन्त्रालयबाट कर्मचारी पठाए पछि गिजोलिएको समस्या तत्कालका लागि सर्वोच्चले फुकाईदिएको छ । सर्वोच्च अदालतले बुधबार बहालवाला पदाधिकारीलाई काम गर्न, गराउन आदेश दिएसँगै विगतमा भएको अन्यौलता हटेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनलाई रोक लगाउदै वहालवाला पदाधिकारीलाई काम गर्न÷गराउन आदेश दिएपछि एक महिना देखिको अन्यौलताको अन्त्य भएको छ । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न रोक लगा

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिरगञ्ज पुल बन्ने : एक महिना भित्र संचालनमा ल्याउन भारतीय मन्त्रीको निर्देशन

    धरान । भारतीय क्षेत्रमा रहेको मिरगञ्ज पुल एक महिना भित्र पुर्ण रुपमा संचालनमा ल्याउन भारतीय मन्त्रीले निर्देशन दिएका छन् । मिरगञ्ज पुल क्षतिग्रस्त बने पछि नेपाल तर्फबाट निर्यात तथा आयातमा समस्या बढ्दै गए पछि मोरङ व्यापार संघको पहलमा एक महिना भित्र पुल संचालनमा ल्याउन भारतीय पक्षबाट निर्देशन आएको छ । संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँपुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि माग गर्दै आएको थियो । संघले भारतीय निकायहरुमा निरन्तरको पहलबाट भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मकता देखाउँदै आगामी एक महिनाभित्र पुल पूर्ण रुपमा संचालनमा

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आपगाछीमा शव फेला

    धरान/ धरान भेडेटार सडक खण्ड स्थित आपगाछी क्षेत्रमा कुहिएको अवश्थामा शव फेला परेको छ । आपगाछीको जंगल क्षेत्रमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको हो । बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले कुहिएको अवश्थामा शव फेला पारेका थिए । जंगल गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा फेला पारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । कुँवरले भने, ‘एउटा खुट्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होलिल्याण्ड थ्री वाइ थ्री वास्केटबल प्रतियोगिता हुने

    धरान/ धरानमा विद्यालय स्तरीय वास्केटबल प्रतियोगिता हुने भएको छ । धरान १५ स्थित होलिल्याण्ड स्कुलको आयोजनामा फागुन ७ र ८ गते होलिल्याण्ड थ्री वाइ थ्री आन्तर विद्यालय महिला, पुरुष प्रतियोगिता हुने भएको हो । धरान ९ पुतलीलाईन स्थित कफि पव एण्ड रेस्ट्रोमा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको विषयमा जानकारी दिएको हो । विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा माघ पहिलो साताबाटै सञ्चालन गर्न लागिएको प्रतियोगिता कोभिड महामारीको तेस्रो लहर आए सँगै स्थगित गरिएको प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको स्कुललका प्रिन्सिपल राजकुमार लिम्बूले बताए । लामो समय कोरोना महामारीका कारण विद्यार्थीहरुमा मानसिक

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्या ब्युटि आर्ट एण्ड एकेडेमीको प्रथम बार्षिक उत्सब : ब्राण्ड एम्बास्डर घोषणा

    धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी धरानले आफ्नो प्रथम बार्षिक उत्सबको अवसर पारेर मिस स्टेड १,सिजन ३ की विजेता श्वेता भुुजेललाई आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । धरान–६स्थित होटल नबयुुगमा बुुधबार आयोजित कार्यक्रममा आर्या ब्युुटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशकले भुुजेललाई आर्याको ब्राण्ड एम्बास्डर घोषणा गरेकी हुन् । आर्या ब्युुटि आर्ट एण्ड एकेडेमी ब्युुटिसियनहरुलाई ब्यबसायीक र रोजगारमुलक बनाउन लागि परेको बताउदै उनले ब्राण्ड एम्बास्डर घोषणा सँगै अब आर्यालाई प्रदेश १ ब्यापी बनाउने बर्ताइन । कार्यक्रममा बोल्दै एकेडेमीका प्लानीङ म्यानेजर योगेशबाबुु काफ्ले ले अबको चारबर्ष भित्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्ड फ्लु देखिएको फर्मका कुखुरा नष्ट

    धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,325 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटनामा परी १ जनाको मृत्यु ३ जना घाइते

    धरान । उदयपुर गढी गाँउपालिका ७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर बालुवा बोकेर जाँदै गरेको अवस्थामा अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । टिपरमा सवार रहेका ४ जना घाईते मध्ये चारैजनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारका क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओझेलमा ‘परेवा झरना’

    धरान । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको उदयपुरगढीको परेवा झरना ओझेलमा परेको छ । प्रकृतिक सुन्दरताले भरिपूर्ण रहे पनि स्थानीय तहबाट प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सरोकारवालाहरुले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयको गुनासो छ । गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको प

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved