ओझेलमा ‘परेवा झरना’

  • फागुन ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको उदयपुरगढीको परेवा झरना ओझेलमा परेको छ ।

प्रकृतिक सुन्दरताले भरिपूर्ण रहे पनि स्थानीय तहबाट प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सरोकारवालाहरुले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयको गुनासो छ ।

गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । स्थानीय सन्तोष मगर भन्छन्, ‘झरना निकै आकर्षक, मनमोहक, र घुम्न आाउँने पर्यटकको मननै लोभ्याउने खालको छ, तर प्रचार प्रसार हुन सकेको छैन् ।’

केही समय अघि झरना नजिकै एउटा गाउँ थियो । त्यो गाउँलाई ठुलो पहिरोले बगाई दियो, र गाउँका परेवा सबै झरनाको वरिपरी ढुङ्गाको चेपमा गएर बसेकाले झरनाको नामनै परेवा झरना रहन गएको हो । अहिले पनि झरनामा प्रशंस्तै परेवाहरु पाईन्छ ।

झरना निकै आकर्षित र ठुलो भएता पनि प्रचार–प्रसार र मुख्य गरि सडक पुर्याउन नसक्दा परेवा झरनासम्म पर्यटक पु्ग्न नसकेको स्थानीय चेतन मगरको भनाइ छ । उनी भन्छन्, ‘एकसय पचास फिट अग्लो छ, तर, पनि यसको कुनै पनि सरोकारवालाहरुले खोजी गरेका छैनन्, स्थानीय तहको चुनावपपछि मात्र वडा कार्यालयले यसको विकास र प्रचार प्रसारमा केही काम थालेको छ ।’

उदयपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले परेवा झरना महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने बताउँछन् । गाउँपाकिाले परेवा झरनाको प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्य बनाउन गुरु योजना समेत बनाइसकेको बताए ।

उदयपुरगढी गाउँपालिका वडा नम्वर ३ का वडाअध्यक्ष मनोज कार्कीका अनुसार परेवा झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजना बनाइसकेको र गुरुयोजनामा चिल्ड्रेन पार्क, मन्दिर लगायतका भौतिक पूर्वाधर बन्नेछन् । उनले भने, ‘हामीले यस वडामा निर्वाचित भए पछि मात्रै झर्नाको बारेमा थाहा भयो, अहिले केही काम हुन सुरु भएका छन्, अहिले झरना नजिक सम्म सडक समेत पुर्‍याइसकेका छौँ ।’

झरना निकै आकर्षक छ । यसको प्रचार प्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । जिल्लाको उदयपुरगढी गाउँपालिका पर्ने यो झरना अहिले पर्यटकहरुको तिव्र प्रतिक्षा छ । सबै क्षेत्रबाट प्रचार प्रसार हुन सके उत्कृष्ट गन्तव्यको रुपमा विकाश गर्न सकिने वडा अध्यक्ष कार्की बताउँछन् ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved