मिरगञ्ज पुल बन्ने : एक महिना भित्र संचालनमा ल्याउन भारतीय मन्त्रीको निर्देशन

  • फागुन ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतीय क्षेत्रमा रहेको मिरगञ्ज पुल एक महिना भित्र पुर्ण रुपमा संचालनमा ल्याउन भारतीय मन्त्रीले निर्देशन दिएका छन् ।

मिरगञ्ज पुल क्षतिग्रस्त बने पछि नेपाल तर्फबाट निर्यात तथा आयातमा समस्या बढ्दै गए पछि मोरङ व्यापार संघको पहलमा एक महिना भित्र पुल संचालनमा ल्याउन भारतीय पक्षबाट निर्देशन आएको छ ।

संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँपुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि माग गर्दै आएको थियो । संघले भारतीय निकायहरुमा निरन्तरको पहलबाट भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मकता देखाउँदै आगामी एक महिनाभित्र पुल पूर्ण रुपमा संचालनमा ल्याउने गरी कार्य अघि बढाउन निर्देशन दिएको बताएका छन् ।

नेपाल स्थित भारतीय राजदूतावास मार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले पुल संचालनका लागि निर्देशन दिइसकेको जनाएका हुन् । भारत स्थित नेपाली राजदूतावासले समेत संघको मागलाई भारतीय पक्ष समक्ष पेश गरी सकिएको जनाएको छ । मागको संबोधन भए पछि संघका अध्यक्ष नवीन रिजालले खुसी व्यक्त गरेका छन् । उनले पहल प्रति सकारात्मक सहयोग सबैलाई आभार व्यक्त गरेका छन् ।

नेपाली उद्योगी व्यवसायीहरुले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दुःख भनि सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्जपुलको विकल्पका लागि संघले विगत केहि वर्ष देखि नेपाल र भारतका निकायहरुको ध्यानाकर्षण गराउँदै आएको थियो । विगतमा आएका बाढीहरुका कारण मीरगञ्ज पुल क्षति ग्रस्त हुँदा मुलुककै दोश्रो ठूलो नाका विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारी साधनहरुको आवागमन पटक पटक अवरुद्ध हुँदै आएको थियो ।

संघले तत्कालिक रुपमा भीमनगर–भन्टाबारी नाका मार्फत रि–रुट र क्षतिग्रस्त पुलको जीर्णोद्वार लगायतका कार्य गरी सवारी साधनहरुको आवागमन अस्थायी रुपमा सूचारु गराउँदै आएको छ । त्यसका साथै संघले त्यसको स्थायी समाधान स्वरुप मीरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायहरुमा पहल गर्दै आएको थियो । विगत २ वर्षको छोटो अवधिमै नयाँ ४ लेनको पुलको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । पुष २६ गते मीरगञ्जपुल पुनः क्षतिग्रस्त भई सवारी साधनहरुको आवागमन ठप्प भए पछि संघका अध्यक्ष रिजाल सहितको टोलीले पुलको स्थलगत निरीक्षण गरी त्यसको समानान्तरमा अन्तिम अवस्थामा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न र तत्कालिक रुपमा सम्भव देखिएकोले पुलको अस्थायी संचालनका लागि माग गर्दै आएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved