धरान । उदयपुर गढी गाँउपालिका ७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर बालुवा बोकेर जाँदै गरेको अवस्थामा अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
टिपरमा सवार रहेका ४ जना घाईते मध्ये चारैजनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारका क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको प्रहरीले बताएको छ ।
अन्य घाईतेहरुको उपचार भईरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।