होलिल्याण्ड थ्री वाइ थ्री वास्केटबल प्रतियोगिता हुने

  • फागुन ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा विद्यालय स्तरीय वास्केटबल प्रतियोगिता हुने भएको छ । धरान १५ स्थित होलिल्याण्ड स्कुलको आयोजनामा फागुन ७ र ८ गते होलिल्याण्ड थ्री वाइ थ्री आन्तर विद्यालय महिला, पुरुष प्रतियोगिता हुने भएको हो । धरान ९ पुतलीलाईन स्थित कफि पव एण्ड रेस्ट्रोमा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।

विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा माघ पहिलो साताबाटै सञ्चालन गर्न लागिएको प्रतियोगिता कोभिड महामारीको तेस्रो लहर आए सँगै स्थगित गरिएको प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको स्कुललका प्रिन्सिपल राजकुमार लिम्बूले बताए । लामो समय कोरोना महामारीका कारण विद्यार्थीहरुमा मानसिकतामा असर पुगेका कारण विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमहरुले उर्जा प्रदान गर्ने भएकोले प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ । उनले भने, “लामो समय बन्दाबन्दीको कारण घरमै त्रसीत भएर बसेका विद्यार्थीहरुलाई मनोरञ्जनका साथै उर्जा मिलोस भन्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।” यस्ता प्रतियोगिताले विभिन्न विद्यार्थी तथा विद्यालयहरु एक अर्कामा अन्तरघुलित हुने उनी बताउँछन् ।

प्रतियोगितामा धरान र आसपासका विभिन्न विद्यालयहरुबाट १२ टिमको सहभागीता जनाउने विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेताले नगद पाँच हजार रुपैया, एक हजार बराबरको कफि पव फुड भौचर, उपविजेताले २ हजार ५ सय रुपैया, पाँच सय रुपैया बराबरको कफि पव फुड भौचर, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडिले नगद १ हजार रुपैया, पाँच सय बराबरको कफि पव फुड भौचर पाँच सय रुपैया बराबरको ज्वाइखाना फुड भौचर, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved