विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे । पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा
धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उनीहरू आन्दोलनको घोषणा गरेका हुन् । सङ्घर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रूपमा कबुल गरेको ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाए पनि यसमा शङ्का रहेको विज्ञप्तिमा उल्लेख छ । किसानले भुक्तानी पाउनुपर्ने रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले त्यसअनुसार सम्पूर्ण रकम किसा
इलाम/ इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचिमा छन त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन । पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेका यि क्षेत्रको विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण हुन थालेको छ । जिल्लाको इलाम नगरपालिका र देउमाई नगरपालिकाको पानि ढलोको रुपमा रहेको कुहिभिर रहेको छ । यहाँ बाट जिल्लाका अधिकांश ठाउँको दुश्य देखिनुका साथै जैविक विविधताले र प्रकृतिक सौनदर्यले भरिपूर्ण फाँट देख्न पाईन्छ । कुहिभिर नजिकै धनमाने देउराली रहेको छ भने धनमाने देउराली बाट उकालो लागेपछि पाटेनागी शुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोहिले एउटा ढूङ्गा
धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले प्रदेशको भाषा निर्धारणका आधार तयार गरी यस्तो प्रक्रिया अगाडि बढाएको हो । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । भाषा किटानका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प
इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् । बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिाकार बनिन र गर्भवती भईन । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन र जिल्ला प्रहरी कार्यालय इलाम आईन । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु¥यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उ
धरान : चिसो बढेसगै विद्यालयमा आउने विद्यार्थीहरुको संख्या घट्न थालेपछि विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क न्यानो पोषाक वितरण गरिएको छ । धरान १६मा रहेको चन्द्र संस्कृत माध्यमिक विद्यालयले न्युन आयस्तर भएका कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई आफ्नै निजि स्रोत बार्ट पोशाक वितरण गरेको हो । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अभिभावकहरुको समेत उपस्थितिमा पोषाक वितरण गरिएको प्रअ अजय शाहीले बताए । प्रअ शाहीका अनुसार पुर्वान्चलमै पहिलो पटक कक्षा १ देखि कक्षा १२ सम्म संस्कृत विषय पठन पाठन हुदै आएको पहिलो विद्यालय भएकाले विद्यालयप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा अझ विद्यालयमा स
धरान । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका -४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन । भारतिय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी झापाको मेचीन
इलाम/ इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो । पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा सो नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ । ९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रे
इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोड हरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ । होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो । स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले
विराटनगर/ काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् । तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’‘यस पटक पनि लिग विजेता भए महानगरपाल