लेटाङ हत्या प्रकरण : हत्यामा संलग्न सार्वजनिक "अमानवीयढंगले गिरीले हत्या गरेको पाइएको प्रहरीको भनाई"

  • फागुन १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बालिकालाई बलात्कारपछि हत्या गर्नेलाई मोरङ प्रहरीले सार्वजनिक गरको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो ।

मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीले अनुसार पक्राउ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा १२ बर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या गरेको स्वीकारेको जानकारी दिए ।

अभियुक्तको बयानलाई आधार मानेर उनले भने–‘जंगल बीचमा पुगेपछि गिरी बालिकालाई फकाएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव गरेका थिए । बालिकाले अस्वीकार गरेपछि समातेर जर्बजस्ती भुईमा लडाएर जर्बजस्ती करणी गरेपछि बलात्कार गरेको कुरा सार्वजनिक हुने डर गिरीलाई भएपछि उनले हत्या गरेका रहेछन् ।’

उनले गिरीले पोल खुल्ने डर भएपछि बालिकालाई भुईमा लडाएर घाँटी र मुख थिचेर हत्या गरेको खुलेको जानकारी दिए । उनले भने–‘हत्या गरेपछि गिरीले नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारेर ढुंंगाले छोपे छन् । बालिकाको सबै कपडा र जुत्तासमेत आफैले बोकेर ल्याएर घर पछाडि खोल्सीमा जलाएर नष्ट गरेको पनि अनुसन्धानबाट खुलेको छ ’।

हत्यामा संलग्न गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ वमोजिम जन्मकैदको व्यवस्था अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले सार्वजनिक कार्यक्रममा जानकारी दिएको छ ।

बालबालिकाको सुरक्षाको माग राख्दै विद्यार्थी आन्दोलित

मोरङको लेटाङ नगरपालिकामा एक बालिकाको बलात्कारपश्चात हत्या भएपछि नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दै आफूहरुको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने माग राखेका छन् ।

फागुन ११ गते दिउँसो करिब साढे ४ बजेतिर बालिका हराएको भन्ने जानकारी प्रहरीले पाएको थियो । त्यसपछि खोजी कार्य जारीराखे पनि फेला परेको थिएन । खोजीकै क्रममा दुई दिनपछि खाल्डोमा गाडेको अवस्थाा उनको शव भेथिएपछि यस त्यस क्षेत्रका बालबालिका त्रसित बनेका छन् ।
उनीहरुले हत्यारालाई फासीको सजाय दिनुपर्ने माग राख्दै नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुको एक मात्र माग ‘बलात्कार पछि हत्या गरिएको लेटाङकी बालिका करुणा राईको बलात्कार पछि हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गरियोस्’ भन्ने रहेका छ ।

लेटाङ नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि उनीहरुको आन्दोललाई कार्यरत शिक्षक शिक्षक र अभिभावकहरुसमेत सहयोग पुर्‍यlएका छन् ।

लेटाङ प्रहरीका इञ्चार्ज एवं प्रहरी निरीक्षक रोमन अर्यालले विद्यार्थीहरु स्वस्फूर्त रुपमा उनीहरु आन्दोलनमा उत्रिएको बताए । उनले भने –‘आन्दोलनमा विद्यार्थीसँगै शिक्षक र अभिभावकहरु पनि सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन गरेका उनीहरुले नगरपालिकामा प्रर्दशन गरेका छन् ।’

उनको हत्या गरेको आरोपमा ६३ बर्षीय दिपक गिरी पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर आइतबार विराटनगरमा सार्वजनिक गरेको छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved