इलाम/ इलाममा १० वटा मतदान केन्द्र र आठ वटा नयाँ मतदान स्थल थप्न सिफारीस गरिएको छ । मतदान केन्द्र तथा मतदान स्थल सिफारिस समितिको बैठकले मतदान केन्द्र र मतदान स्थल थप्न सिफारिस गरेको हो । जसमा सन्दकपुर गाउँपालिमा १ मा २ वटा, इलाम नगरपालिका ५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका ४ मा १ वटा, रोङ गाउँपालिका वडा नम्बर २ र ६ मा १÷१ वटा, फाकफोकथुम गाउँपालिका वडा नम्बर ४, ६ र ७ मा १÷१ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । त्यस्तै इलाम नगरपालिका ७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदान स्थललाई महेन्द्र रत्न बहुमुखि क्याम्पसमा, वडा नम्बर ९ को पोखरी प्राबिको मतदान
धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो । एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए । ‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए । प्रहरीका अनुसार ३ हजार ३ सय ५८
धरानः कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको “कोभिसिल्ड” खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ । उनका अनुसार इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको छ । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरू
धरान/ धरानको भानुचोकमा अत्यधिक भीड हुन थालेपछि उमनपाले भानुचोकबाट छुट्ने बसहरू जथाभावी रोक्न नपाइने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको बैठकले भानुचोकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडि र उत्तरमा छाताचोकको पुरानो अस्पतालभन्दा अगाडि रोक्न नपाउने निर्णय गरेको हो । अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । सुनसरी यातायात प्रालिका बसहरूका कारण देशीलाइनको दक्षिणपट्टि बाटोमा धेरै भीडभाड भएको गुनासो आएकोे आधारमा त्यहाँ बढीमा पाँचवटाभन्दा बढी बसहरू राख्न नदिने निर्णय गरिएको छ । यस विषयमा मङ्गलबार सुनसरी याताया
धरान/ उजुरी सङ्ख्याको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट फछ्र्योटको प्रगति भने आधाभन्दा कम देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आयोगको इटहरी कार्यालयमा परेका प्रारम्भिक उजुरीतर्पmको फछ्र्योट प्रतिशत ४४ दशमलव ३ रहेको छ । यसमा जिल्लागत, प्रदेशगत, सङ्घीय मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणतर्पmका उजुरी तथा यसको प्रगति विवरणसमेत समावेश छ । आयोगले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन पेश गरिएको हो । आयोग केन्द्रीय कार्यालयको प्रतिवेदनसँगै प्रदेश १ हेर्ने इटहरी कार्यालयको वार्षिक प्रग
धरान । नेकपा प्रचण्ड माधव समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरुको घोषण गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको दाहाल नेपाल पक्षले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी देशका विभिन्न ठाउँमा सभा र विरोधका थप कार्यक्रमहरुको घोषणा गरेको हो । जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्
धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आगामी माघ २३ काठमाण्डौंमा वृहत जनसभा आयोजना गरि २ लाख मानिस सहभागि गराउने भएको छ । सोमबार पार्टी कार्यलय धुम्बाराहीमा ओली समूहको बागमती प्रदेश संगठन कमिटील अयोजना गरेको पत्रकार सम्मेलना दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा हुने वृहत भेलालाई पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ । बागमती प्रदेशका मुख्यम
धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ । एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् । ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायक
धरान/ भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको प्रक्रिया थालेको विषयलाई भाषा अभियन्ता तथा भाषाविद्हरूले स्वागत गरेका छन् । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुनसक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार आयोगले सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाएको हो । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । यसका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प्रयोगलाई प्रमुख आधार मानिएको आयोगले जनाएको छ । यसका
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे । पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा