इलामका १० जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन आधाभन्दा थोरै

  • फागुन २१, २०७८
  • "भगीरथ भण्डारी"
alt

धरान । इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो ।

इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ । आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको छ । २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ । २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ ÷ ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ ÷६.२ मेगावाटको पुवाखोलाबाट २.४ मेगावाट उत्पादन भइरहेको सब–स्टेसनका इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाह बताउँछन । पाँचथरको फिदिमबाट पनि १÷२ मेगावाट विद्युत् गोदकस्थित सब–स्टेसनमा आउने गरेको छ । पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ ।

गतवर्षको यही समयको तुलनामा अहिले विद्युत् उत्पादन बढेको शाहको भनाई छ । उहाँका अनुसार ‘पोहोर यतिबेला १६÷१७ मेगावाट उत्पादन थियो,’ ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो । तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्र बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको हो । इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सब–स्टेसनमा जोडिएको छ । १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ । जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ । बर्खायाममा आयोजनाहरूले क्षमताभन्दा बढी पनि उत्पादन गर्छन् । हिउँदमा भने उत्पादन कम हुन्छ । आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा उत्पादन गर्नसक्ने विद्युतको समेत सम्झौता गरेका हुन्छन् । गोदकमा संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ । यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सब–स्टेसनमा पनि विद्युत् पठाइने गरेको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved