धरान । सुनसरीको गढी गाउँपालिका ६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् ।
मंगलबार राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो ।
सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।