समाचार

    Showing 6,451-6,460 of 10,040 items.
  • प्रदेश १ को समृद्धिका आधार : धार्मिक, पर्यटन, औद्योगिक

    धरान । प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेकाले प्रदेश सरकारले पनि धार्मिक, पर्यटन र औद्योगिक विकाशलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को रहेको छ । प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढे छिट्टै आर्थिक रुपमा सम्पन्न हुने व्यवसायीहरु बताउँछन् । तर राजनितिक मुद्धामा अलमलिएका कारण केही असहजता भएको उनीहरुको भनाई छ । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्ने सांसद समेत रहेका उद्योगी मोती दुगड बताउँछन् । औद्योगिक, पर

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,376 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नहरको पानीमा डुबी एक जनाको मृत्यु

    धरान । सुनसरीको ईनरुबा नगरपालिका ६ मधेश स्थित नहरको पानीमा डुबि १ जना बृद्दको मृत्यु भएको छ । मगंलबार दिउसो पौने १२ बजे ६० बर्षीय स्थानीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    धरान । मोरङको केराबारी गाँउपालिका ८ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मगंंलबार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी १० का १९ बर्षीय पिलिज बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिएर घाईते भई उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीको तथ्याङ्क राख्न ढिलाई

    धरान । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीहरुलाई लालपुर्जा दिनुपर्ने माग चर्कदै गए पछि स्थानीय सरकार पनि लालपुर्जा वितरणमा चनाखो भइरहँदा धरानमा भने फारम कम्प्युटरमै चढाउननै समस्या देखिन थालेको छ । नेपाल बसोबास बस्ती संरक्षण समाजले आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई निर्वाचन अघि नै लालपुर्जा वितरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मेयर राईले पनि लालपुर्जा चाडै वितरण हुने आश्वासन दिएका थिए तर धरान उपमहानगरपालिकामा लगत संकलन भएका सुकुम्बासीहरुको फारम इन्ट्रि गर्ननै ढिलाई देखिएको छ । जसको कारण मेयरले प्रतिबद्धता गरे अनुसारको काम भने हुन नसक्ने स्पष्ट देखिए

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोल भर्नेको भीड

    धरान । एक साता भन्दा लामो समय अगाडिदेखि कमिशनको विषयलाई लिएर आन्दोलित व्यवसायीको आन्दोलनका कारण ठप्प रहेको पेट्रोलिय पदार्थमा विस्तारै सहज बन्दै गएको छ । लामो समयदेखि ठप्प रहेको पेट्रोलियम पदार्थ धरानमा सोमबार विक्री वितरण गर्दा सर्वसाधारणको लाइन हेर्न लायकको थियो । लामो समय सम्म आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायी बिच भएको छलफल पश्चान पेट्रोलियम पदार्थको सहजताका लागि आइतबार राति धरानका विभिन्न पेट्रोल पम्पमा ३२ हजार लिटर पेट्रोल आएको थियो । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठका अनुसार तीनकुने पम्पमा ४ हजार, अरुण पेट्रोल पम्पमा ५ हजार, अटल पेट्रोल पम्पमा

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन :दलहरु गृहकार्यमा

    धरान । धरानमा स्थानीय चुनावको रौनक शुरु भएको छ । आगामी वैसाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी दलहरुले आफ्नो सक्रियता बढाएका छन् । कस्तो उमेद्वारलाई आगामी निर्वाचनमा उमेद्वार बनाउने देखि कुन–कुन दल गठबन्धन गरेर जानेसम्मका छलफलहरु चल्न थालेका छन् । केन्द्रमै सत्ता गठबन्धन गरेका दलहरुले गठबन्धनलाई बलियो बनाउन स्थानीय तहमा पनि गृहकार्य शुरु गरेका हुन् । यसैबीच सत्ता गठबन्धन दलहरुले धरानमा संवाद समिति गठन गरेर गठबन्धन गृहकार्य शुरु गरेका छन् । संवाद समितिमा गठबन्धनका नगर अध्यक्षहरु रहेका छन् । धरान २ मा रहेको काँग्रेसको पार्टी कार्यालयमा भएको संवाद समितिमा नेपाली काँग्रेसको तर्फबाट नगर सभ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

    धरान । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् । कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ । दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,332 पटक पढिएको
    • "रासस"
  • डाक्टर मृत फेला प्रकरण : यथासिघ्र अनुसन्धान गर्न अस्पतालको माग

    धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्युको यथासिघ्र अनुसन्धान गर्न अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । विज्ञप्तीमा लेखिएको छ, ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनु

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाँदर समस्या थप जटिल

    धरान । सबै प्राणीका लागि आफ्नो सन्तान प्यारो लाग्छ । कसैले आफ्नो सन्तानलाई दुःख दिन खोजे, आक्रमण गर्न खोजे उसले सन्तानको बचाउका लागि जे गर्न पनि तयार हुन्छ । धरान १४ स्थित विजयपुरमा क्षेत्रमा बिहान हिड्ने स्थानीयले बच्चालाई जिस्काउने गर्न थाले पछि बाँदरहरुले झम्टिने गर्न थालेका घटना दैनिक हुन थालेका छन् । दन्तकाली मन्दिर तल चौतारी छेउमा केही समय अघि सम्म विहान कोही पनि हिड्न हिम्मत नै गर्दैनन् । घाइते सन्तानको बचाउमा आमा लाग्दा बादर हिंस्रक बन्ने गरेका छन् । छेउछाउबाट सर्वसाधारण हिड्न जोखिम रहेको छ । विहान मर्निङवाकमा पुगेका सर्वसाधारणलाई झम्टिने प्रयास गर्दा दन्तकाली मन्दिरतर्फ नै फर्किने

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,537 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • स्थानीय तह निर्वाचन : प्रमुखमा दाबी गर्दै उपप्रमुख

    धरान । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै स्थानीय तहका महिला जनप्रतिनिधिहरु पनि आफूलाई अपग्रेड गराउने तयारीमा जुटेका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफूहरु नै प्रमुखको पहिलो र स्वाभाविक दावेदार भएको बताएका छन् । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यो बहसको सुरुवात भएको हो । संघीयताका संस्थापक उपप्रमुखहरुले दोस्रो कार्यकालमा प्रमुख भएर इतिहास रच्छन् त भन्ने प्रश्न पनि उठ्न थालेको छ । हरेकजसो राजनीतिक पार्टीमा महिला नेतृहरुले पहिलो कार्यकालमा उपप्रमुख तथा उपाध्यक्षमा चित्त बुझाएकाहरुले अब प्रमुख भएरै छाड्ने बताउने गरेका छन् । अघिल्लो कार्यक

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 1,028 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved