कञ्चनजंघा क्षेत्रमा आउन थाले पर्यटक

  • चैत २१, २०७८
  • "रासस"
alt

धरान । ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन शुरू भएको छ । कोभिड संक्रमण दर घटेसँगै कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका हुन् ।

कोभिड–१९ महामारी शुरू भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको आगमन हुन थालेको हो ।

पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा प्रवेशद्वार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताइन् । लामो समय बन्द भएको व्यवसाय पर्यटकको चहलपहल हुन थालेसँगै सञ्चालनमा आउन थालेको उनको भनाइ छ ।

दुईओटा पदमार्गबाट कञ्चनजंघा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रूट) पदमार्ग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजंघा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यो रूट हुँदै नर्वे र स्वीट्जरल्यान्डका नागरिकका दुई समूह शुक्रवार कञ्चनजंघा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

उत्तर रूट पदमार्ग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीवार १९ बाह्य पर्यटक कञ्चनजंघा हिमालको प्रवेशद्वार घुन्सा क्षेत्रमा प्रवेश गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved