धरान । सुनसरीको ईनरुबा नगरपालिका ६ मधेश स्थित नहरको पानीमा डुबि १ जना बृद्दको मृत्यु भएको छ ।
मगंलबार दिउसो पौने १२ बजे ६० बर्षीय स्थानीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।