डाक्टर मृत फेला प्रकरण : यथासिघ्र अनुसन्धान गर्न अस्पतालको माग

  • चैत २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्युको यथासिघ्र अनुसन्धान गर्न अस्पतालले माग गरेको छ ।

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् । विज्ञप्तीमा लेखिएको छ, ‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धान भई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं ।’ उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।

डा.यादव विराटनगर ४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिव ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए । डा.यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन माग गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved