समाचार

    Showing 6,431-6,440 of 10,040 items.
  • जल्पादेवीमा धार्मिक पर्यटक बढ्दै

    धरान । धनकुटा स्थित शहिदभूमि गाउँपालिका बिप्लेडाँडामा घनघोर जंगलको बीचमा अवस्थित छिन्ताङ जल्पादेवी मन्दिरमा धार्मिक पर्यटकहरु बढ्दै गएका छन् । १८ औं पुस्ताको पुजारी नागचुङग डगेन्द्र राईका अनुसार मन्दिरमा औंसी र आइतबार बाहेक सधै नियमित बेलुका ५ बजेपछि मात्र पूजाआजा हुने गरेको छ । मन्दिरमा सुँगुर, खसी बाहेक परेवा, कुखुरा, बोका, हाँस र राँगाको बली चढाइने गरिएको उनले बताए । पुजारी राईका अनुसार मन्दिरको विशेषता बाँसको कुनैपनि टुप्पो छैन भने यहाँ धुनीको रुपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ । मंसिरे र बैशाखे पूर्णेमा भब्य मेला लाग्ने मन्दिरमा बलि चढाइएको प्रसादको रुपमा रहेको मासुल

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 822 पटक पढिएको
    • "चुनु परियार"
  • बराह सहकारी प्रकरण : आर्थिक मन्दीले समस्या ल्यायो

    धरान । बराह ग्रुप प्रा.लि. अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आएका समस्याका बारेमा संस्थाले विहीबार पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गरेको छ । धरान १२ बराह सपिङ हलको बराह किचेनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले बराहको नियत खराब नभई संक्रमणिकालीन अवस्थाले समस्या ल्याएको बताए । उनले भने, ‘हामीले कोरोना महामारीका समयमा शेयर सदस्य तथा बचतकर्ताको घर घरमै पुगेर रकम दिएका थियौ, आवश्यक पर्ने खाद्य सामाग्री दिएका थियौ, बराह स्थापना भएदेखि नै सामाजिक कार्यसँगै व्यवसायलाई अगाडि बढाएका हौै ।’ उनले बराहलाई २०७२ सालको भुकम्पले पन

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1,397 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाहमा आन्तरीक पर्यटक बढ्दै

    धरान । पुर्वी नेपालको सुनसरी जिल्ला बराहक्षत्रेत्र ५ स्थित अमाहा सामुदायिक वन क्षेत्र भित्र रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेसँगै पर्यटकको घुईंचो नै लाग्न थालेको छ । अमाहमा दैनिक रुपमा पिकनिक खान र त्यस क्षेत्रको सुन्दरता नियाल्न आन्तरिक र बाह्य पर्यटकहरुको आवत जावत हुन थालेको छ । आन्तरिक र बाह्य पर्यटक बढेसँगै अमाहमा पर्यटकीय गतिविधी समेत बढेको छ । शान्त हरियाली वातावरण युक्त अमाह सिमसारमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो नै लाग्ने गरेको शुक्रवार पिकनिकका लागि पुगेका टेकानेकुञ्ज सहकारी संस्थाका अध्यक्ष अमित गौतमले बताए । गौतमका अनुसार २०७१ सालदेखि स्था

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1,657 पटक पढिएको
    • "सुमन मेहता"
  • खानेपानी परियोजना असफल : मन्त्रालयबाट अध्ययन टोली गठन

    धरान । दिर्घकालिन रुपमा धरानको खानेपानी समस्या समाधान गर्न सन २०१२ देखि खानेपानी परियोजना संचालन भए पनि समस्या यथावत रहे पछि मन्त्रालयले चासो देखाएको छ । शहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको धरानको खानेपानी परियोजनाको काम पूरा भएर बोर्ड गठन भइसक्दा पनि धरानमा खानेपानी समस्या जस्ताको तस्तै भएको पाइएपछि मन्त्रालयले चासो देखाएको हो । खानेपानीको अवस्थाको वास्तविता अध्ययन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयले ५ सदस्यीय अध्ययन समिति गठन गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । उनका अनुसार समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्ने

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    धरान । झापाको दमक नगरपालिका १० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका ८ घर भएका २३ बर्षीय विकास ताजपुरिया रहेका छन् । बुधबार बेलुकी साँढे ५ बजे सिमेन्ट बोकेको मे १ त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा काम गर्ने ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान फुस्रेको जनता पुस्तकालय

    धरान । केही दिन अगाडि नेवास् सम्मेलनमा सहभागी हुन धरान पुगेको थिए । धरान कुनै बेला लाहुरेको शहरका रुपमा निकै प्रख्यात थियो । जसले गर्दा धरान सम्पन्न र फेशनेबल शहरको रुपमा चिनिन्थ्यो । तर अचेल धरान लाहुरेको शहर जस्तै प्रतित हुदैन, बदलिसकेको छ । झट्ट हेर्दा अब्यबस्थित देखिन्छ । शहरको बिचमा रहेको भानु चोक झन अब्यबस्थित देखिन्छ । सडक छेउमै लहरै जथाभावी पार्किङ गरिएको देखिन्छ । सडक किनारमा पनि बेरोकटोक सडक ब्यापार गर्न छुट छ । धरानको बिचबाटै धनकुटा जाने राजमार्ग पनि तेर्सिएको छ । धरान धनकुटा राजमार्गलाई शहरको कुनै छेउमा लाने ब्यबस्था गरिनुपर्ने हो त्यो पनि भएको देखिदैन । जसले गर्दा खास बजारमा पैद

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,099 पटक पढिएको
    • "सुनिल उलक"
  • कविताको हत्या प्रकरण : प्रतिशोध साँध्न साथीको हत्या

    धरान । ट्युसन पढ्न गएकी उदयपुरको बेलका नगरपालिका ३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनीहरुकै साथीहरुको संलग्नता रहेको पुष्टि भएको छ । हत्या आरोपमा पक्राउ परेका कविताकै सहपाठी सरस्वती ढकाल खत्री उर्फ सरिताले दाई विनोद ढकाल खत्रीसँग मिलेर हत्या गरेको बयान दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले भने, ‘मृतक कविताले सरितालाई स–सानो कुरामा होच्याउने, चिड्याउने गरेकाले दाई विनोदसँग मिलेर प्रतिशोध साँध्न हत्याको योजना बनाइ हत्या गरेको बयानमा पाइएको छ ।’ जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,458 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राजनिति दुर्गन्धित बन्यो’

    धरान । राजनीतिलाई पेशा व्यवसाय बनाउँने लोभीपापीहरूका कारण राजनीति दुर्गन्धित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् । उनले कमल थापा प्रति लक्षित गर्दै लोभीपापीले पाटी फुटाएको आरोप समेत लगाए । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताएका छन । उनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए, त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ ।’ अध्यक्ष लिङ

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,163 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ व्यापार संघको ट्रेड एक्स्पो : छ दिनमा १५ करोडको कारोबार

    धरान । मोरङ व्यापार संघले विराटनगरमा लगाएको ‘ट्रेड एक्स्पो’ मा १५ करोड बराबरको आर्थिक कारोबार भएको छ । ६ दिनमा अवधिमा १ लाख ८० हजार जनाले एक्सपो अवलोकन गरेको र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघले जनाएको हो । बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपो संयोजक विकास बेगवानीले एक दिन समय थप गरिने जानकारी दिए । “चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने तय भएकोमा एक दिन बढाउने निर्णय गरेका छौै,”बेगवानीले भने । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ, हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आ

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सेवा सुधारिदै

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्प

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved