बीपीमा सेवा सुधारिदै

  • चैत २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् ।

प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्पतालमा २० बेडको भेन्टिलेटर सहितको १ सय बेडको छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएको थिए, त्यसमा ८० बेडको आइसोलेसन रहेको थियो ।’

कोभिडका समयमा चुनौति पुर्ण रहेको अक्सिजन आपूर्तिलाई सहज बनाउन प्रतिष्ठानमै अक्सिजन प्लान्ट जडान गर्नेदेखि लिएर अक्सिजनको सहज व्यवस्थापन गरेको बताएका छन् । उनले दुई वर्षको अवधिमा प्रतिष्ठानमा बच्चाहरुको लागि एनआइसियु र पिआइसियु समेत सञ्चालनमा ल्याइएको बताएका छन् । प्रतिवेदन अनुसार उपचारमा सहज होस् भन्ने उद्देश्यले तत्काल १५ वेड पिआइसियु र आइसियु सञ्चालनमा ल्याएको थियो । यसले उपचारमा आएका विरामीलाई थप सुविधा भएको थियो ।

प्रतिष्ठानमा भेन्टिलेटर सहितको सघन उपचार सेवा अत्यन्तै कम भएकोले यस बीचमा यसको विस्तारमा ३० वटा भेन्टिलेरसहितका आइसियु सेटअपको सम्झौता भएको र चाडै ल्याउने तयारीमा प्रतिष्ठान रहेको जनाएको छ । उपकुलपति डा. गिरीका अनुसार कोभिड भएर आएका मृगौला विरामीलाई दक्ष जनशक्ति सहित दुई वटा डाइलोसिस सञ्चालन गरिएको छ । विरामीलाई अप्ठ्यारो पर्दा तत्काल उपचार गर्न सहयोग होस् भन्ने अभिप्रायले सिसी टिभी क्यामराको जडान गरिएको उपकुलपति डा. गिरीको भनाई छ । उनले भनेका छन्, ‘कोभिडका विरामीका लागि छुट्टै शल्यक्रिया कक्ष निर्माण गरेका थियौ, तत्काल शल्यक्रिया गर्ने विरामीलाई यसले फाइदा पु¥याएको थियो । यस बीचमा प्रतिष्ठानले नेपाल सरकारबाट विरामीका लागि विभिन्न प्रकारका अत्याधुनिक उपकरण उपलब्ध गराउनुको साथै वेड र ट्रलीहरु समेत थप गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved