कविताको हत्या प्रकरण : प्रतिशोध साँध्न साथीको हत्या

  • चैत २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ट्युसन पढ्न गएकी उदयपुरको बेलका नगरपालिका ३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनीहरुकै साथीहरुको संलग्नता रहेको पुष्टि भएको छ ।

हत्या आरोपमा पक्राउ परेका कविताकै सहपाठी सरस्वती ढकाल खत्री उर्फ सरिताले दाई विनोद ढकाल खत्रीसँग मिलेर हत्या गरेको बयान दिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले भने, ‘मृतक कविताले सरितालाई स–सानो कुरामा होच्याउने, चिड्याउने गरेकाले दाई विनोदसँग मिलेर प्रतिशोध साँध्न हत्याको योजना बनाइ हत्या गरेको बयानमा पाइएको छ ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका हत्या आरोपीतहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ कै सरिता र भारतको सिक्कीम घर भइ हाल काकाको घर बेलका नगरपालिका ३ मै बस्दै आएका विनोद छन् । एसपी बोहोराले भने, ‘हत्याको योजना बनाइ ट्युसन पढ्ने समयमा सँगै जान बोलाएर लगी हत्या गरिएको हो ।’ पक्राउ परेकाहरुको बयान अनुसार कवितालाई पछाडीबाट विनोदले वियरको बोतल प्रहार गरी घाइते बनाएर ढुंगाले हानी हत्या गरेका बयान दिएको बोहोराको भनाइ छ ।

मृतक कविता र पक्राउ परेकी सरिता स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीले जिल्ला अदालत उदयपुरबाट आरोपिता प्रतिवादी सरितालाई ५ दिन र विनोदलाई ७ दिन म्याद थपी थप अनुसन्धान पनि अघि बढाएको बताइएको छ । प्रहरीले पक्राउ परेकी सरितालाई नावालिका रहेको भन्दै दाजु विनोदलाई मात्र पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । हालसम्मको अनुसन्धानले हत्यामा ती दुईजना मात्र संलग्न देखिएको प्रहरीले जनाएको छ ।

हत्यापछि घरै बसेका दाजु–वहिनीलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो । प्रहरीले उनिहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ । मृतकको बुवा कृष्ण सुनुवारले मंगलबार उनीहरुको नामसहित किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडी बढ्ने क्रममा बुधबार दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारका आफन्तहरुले शव जिम्मा लिन मानेको थिएनन् । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेका थिए । हत्यारा सार्वजनिक भएपछि भने परिवारले मृतक किशोरीको शब बुझेर सद्गद् गर्ने तयारी गरेको जनाइएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved